0
गोल्डेन न्यूज संवाददाता
पोखरा केहि दिन अझै तेल आउने सम्भावना केही दिन अझै न्यून बनेको छ । तेल भर्न गएका ट्रयाङकरमा मंगलबार र बुधबार पनि भरेको छैन । आन्दोलनरत दलका कार्यकर्ताले सीमामा धर्ना दिनुअघि नै इन्धन भर्न ८ वटा ट्याकंर रक्सौल पठाएकोमा सबै ट्यांकर उतै रोकिएका गगनगौंडा डिपोका प्रमुख मनोज ठाकुरले बताए । बधुबार विहानसम्म पनि ति ट्याकंरमा तेल नभरेको उनले बताए । रक्सोलबाट पोखरा आउन तीनदेखि चार दिनसम्म लाग्ने गरेको उनले बताए । अब करिब चार देखि पाचँ दिन पोखरा तेल वितरण हुने कुनै छाँटकाँट छैन । लामो समयदेखि पेट्रोलियम पदार्थको आयात बन्द भएपछि कास्कीको गगनगौंडा स्थित गगनगौंडा डिपो रित्तिएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थ नदिँदा नेपाल आयल निगमको सबैजसो भण्डार रित्तिसकेका छन् । ३ लाख ५० हजार पेट्रोल र करिब २२ लाख लिटर डिजेल भण्डारण गर्न सक्ने क्षमता रहेको डिपोमा अहिले कुनै पनि पेट्रोलियम पदार्थ बाँकी छैन । हामीसँग रहेका सबै स्टक तेलहरु बितरण गरिसक्यौं, डिपोका प्रमुख मनोज ठाकुरले भने–अब खोजेर पनि पेट्रोलियम पदार्थ पाईँदैन । इन्डियन आयल कर्पोरेसनले तेल दिने कुनै संकेत नदेखाएकाले अझै केही समय तेल आउने सम्भावना नरहेको समेत उनको भनाई छ । डिपोले अन्तिम पटक आईतबार पोखराका लागि ३६÷३६ हजार लिटर पेट्रोल र डिजल तथा १२ हजार लिटर बागलुङ, पर्वत र म्याग्दीका लागि बितरण गरेको थियो । ईमरजेन्सीका लागि केही लिटर पेट्रोलियम बाँकी छ, ठाकुर भन्छन्–सरकारी तथा नीजि र सार्वजनिक सवारी साधनहरुलाई बाँड्ने तेल छैन, एम्बुलेन्सका लागि भनेर राखेका हौं । गगनगौंडा डिपोले कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लामा पेट्रोलियम वितरण गर्दै आएको छ । यहाँबाट यस क्षेत्रमा दैनिक ८० हजार लिटर पेट्रोल र १ लाख ६० हजार लिटर डिजेल बिक्री हुने गर्छ । समान्य अवस्थामा प्रत्येक दिन २५ देखि ३० लाख लिटरसम्म पेट्रोलियम पदार्थ आइओसीको रक्सौल डिपोबाट अमलेखगन्ज डिपो आउने गरेको थियो । बिगत १६ दिनदेखि १ लिटर पनि भित्रिएको छैन ।
तराई मधेस आन्दोलनको क्रममा कोटाभन्दा कम पेट्रोलियम पदार्थ सुरक्षाकर्मीको स्कर्टिङमा आयात हुँदै आएको थियो । बाँकी ट्याकंरहरु पनि पेट्रोलियम पदार्थ ल्याउने आसामा रक्सौल पुगेका र ट्यांकर भर्न नपाएपछि फर्किएर अहिले अमलेखगञ्जमा रहेका छन् । अमलेखगञ्जमा पनि पोखराका ८ वटा ट्यांकर रहेको ठाकुरले बताए । हाम्रा सबैजसो ट्यांकरहरु उतै छन, उनी भन्छन्–‘वितरण गर्ने संकेत पाउने वित्तिकै हामी पठाउँछौं ।’ अब भने केन्द्रको निर्देशन र निर्णय अनुसार अगाडि बढ्ने ठाकुरले बताए । रक्सौलबाट दैनिक जसो ३ लाख लिटर डिजल तथा पेट्रोल पोखरा भित्रिन्छ । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको ६५ प्रतिशतभन्दा बढी ढुवानी रक्सौल डिपोबाटै हुन्छ । अमलेखगन्जबाट रक्सौल डिपोको दुरी ४५ किलोमिटर छ । यो नाकाबाट पेट्रोलियम पदार्थ आयात गर्दा सजिलो र कम खर्चिलो हुने निगमका अधिकारी बताउँछन् । त्यसैले पोखराले पनि यही डिपोबाट पेट्रोलियम पदार्थको आयात गर्ने गर्छ । आइओसीले पेट्रोलियम पदार्थ नदिएपछि ढुवानी गर्ने ट्यांकर व्यवसायी र चालक, सहचालकसमेत बेरोजगार भएका छन् । ईन्धन सकिएपछि पोखरामा सवारी चाप शून्य जस्तै भएको छ । अलिअलि गुडेका भाडाका सवारीमा यात्रुहरु कोचाकोच गरेर यात्रा गर्न बाध्य छन् । करिव चार हजार ट्याक्सी गुड्ने पोखरामा आधा भन्दा वढि ईन्धन सकिएर थन्किएका छन् भने चलेकाले पनि बढी रकम लिन थालेपछि यात्रुहरुले यात्रा गर्नै छाडिसकेका ट्याक्सी व्यवसायी समितिका प्रथम उपाध्यक्ष प्रकाशमणि तिवारीले वताए ।
गण्डकीमा करिव १ लाख मोटरसाईकल तथा कार, बस, ट्रक गरेर १० हजारभन्दा बढि सवारी रहेको अञ्चल यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख भरतराज पौडेलले जानकारी दिए । यी मध्ये अहिले ७० प्रतिशत भन्दा बढी थन्किसकेका छन् । भारतीय भन्सारले मालवाहक ट्रक नेपाल प्रवेशमा रोक लगाएपछि गण्डकी र धौलागिरीका ५१ वटा पेटे«ाल पम्पमा ताल्चा मारिएको गन्थन डटकममा खबर छ । ढुवानी व्यवसायी समिति नेपालका केन्द्रिय उपाध्यक्ष कपिल अधिकारीले भारतवाट आयात नहुँदासम्म अभाव भईरहने वताए । पोखरामा पेट्रोेलियम पदार्थको अभावले जनजीवन अस्तव्यस्त भएको छ । एलपी ग्याँस, पेटे«ाल, डिजेल र मट्टितेल नहुँदा खाना पकाउन, आउजाउ गर्न र व्यवसायिक काम पूर्ण रुपमा प्रभावित बन्न पुगेको छ ।

Post a Comment

 
Top