0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा अर्पणमा शुभकामना आदान–प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुभ विजयादशमी, दीपावली,छठ, इद लगायतका महत्वपूर्ण पर्वको अवसर पारी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं समाजसेवी मदनबहादुर केसीले सामाजिक एवं धार्मिक महत्वको विजयादशमीले सबै नेपाली घर सुख, शान्ति छावस् भन्ने कामना गरे । कार्यक्रममा जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष एवं दर्पण लायन्स क्लवका द्वितीय उपाध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका सदस्य पदमसिंह गुरुङ, अकलादेवी बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष पुष्पेन्द्र पाण्डे, लामाचौर महिला विकास बचत तथा ऋण सहकारीकी अध्यक्ष रेनुका आचार्य, महिला समाज कल्याण आमा समूहकी अध्यक्ष डिलमाया तिवारी, संस्थाकी प्रथम उपाध्यक्ष सविता क्षेत्री बानियाँ, सचिव अमिता बानियाँ केसी, कोषाध्यक्ष हीरा भण्डारी, सहकोषाध्यक्ष उमादेवी लामिछाने लगायतले शुभकामना आदान–प्रदान मन्तव्य राखेका थिए ।  कार्यक्रम संस्थाकी अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको थियो ।

त्यस अवसरमा पोखरा उपत्यका नगर विकास समितिको सदस्यमा हालै मनोनित भएका धर्मसिंह गुरुङलाई बधाई, सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो ।

Post a Comment

 
Top