0
गोल्डेन न्यूज संवाददाता
कास्कीको नयाँ स्थानीय विकास अधिकारीको रुपमा आएका रामचन्द्र तिवारीको स्वागत गरिएको छ । पर्वतको शंकरपोखरी गा.वि.स. स्थायी घर भई पोखरामा विभिन्न पेशा र व्यवसायमा आवद्ध भएकाहरुले स्थापना गरेको शंकरपोखरी पोखरा सम्पर्क मञ्चको आयोजनामा तिवारीलाई स्वागत तथा सम्मान गरिएको हो ।
 
शंकरपोखरी पोखरा सम्पर्क मञ्चका अध्यक्ष नारापणप्रसाद शर्मा, उपाध्यक्ष जयकृष्ण भुसाल, सुरेश भुसाल, लगायत मञ्चको कार्यसमितिका पदाधिकारी सल्लाहकार, कार्यक्रममा उपस्थित शंकरपोखरी बासी, छिमेकी थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले तिवारीलाई अबिर, माला तथा खादा लगाएस सम्मान तथा स्वागत गरेका थिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपसचिव पदमा कार्यरत तिवारी मन्त्रालयबाटै सरुवा भएर आएका हुन् । उनी भन्दा अगाडि कास्कीमा तारानाथ अधिकारी स्थानीय विकास अधिकारी थिए । तिवारीलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा मञ्चका सल्लाहकार तथा प्राध्यापक शोभाकान्त गौतमले तिवारीलाई सफल कार्यकालको शुभकामना दिँदै तिवारीको कास्की आगमनले सम्पूर्ण पश्चिमाञ्चल लाई नै खुशी बनाएको बताए । कास्कीको स्थानीय विकास अधिकारीको जिम्मेवारीको साथै आफ्नो जन्मभूमि प्रति पनि उत्तिकै दायित्वबोध गर्नुपर्ने भन्दै गौतमले आफ्नो ठाउँको विकासमा योगदान गर्नुपर्नेमा जोड दिए ।
 
स्वागत कार्यक्रममा बोल्दै तिवारीले आफू कास्कीको स्थानीय विकास अधिकारीको रुपमा आएपछि शंकरपोखरी प्रतिको दायित्व र कर्तव्य कहिल्यै नबिर्सिने भन्दै पर्वतबासी र विषेश गरी शंकरपोखरीको लागि आफु कास्कीमा रहेर हुने सहयोग पुर्ण रुपले गर्ने प्रतिवद्धता व्यक्त गरे । मञ्चका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश भुसाल, सचिव भरत भुसाल थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले उनलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

Post a Comment

 
Top