0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिटीको आयोजनामा असोज १४ गते देखि १७ गतेसम्म अञ्चल प्रहरी कार्यालय गण्डकी, पोखरा अन्र्तगत अञ्चल शशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा सञ्चालन हुन गैरहेको चौथो अन्तर लायन्स एवं प्रथम अन्तर लायन्स भेटेरान फुटवल प्रतियोगिता–२०७२ को सम्पुर्ण तयारी पुरा भएको छ ।अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक बलाराम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा हुन गैरहेको खेलमा प्रमुख आकर्षणको रुपमा अन्तर लायन्स भेटेरान फुटवल प्रतियोगिता रहेको आयोजकले जनाएका छन ।
 
३० वटा लायन्स क्लवहरुको सहभागिता रहने प्रतियोगितामा खुला तर्फ प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार नगद १५ हजार ५ सय ५५ रुपैयाँ नगद, अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार सहित, मेडल र प्रमाण–पत्र रहेको छ भने भेटेरानतर्फ प्रथम पुरस्कार १० हजार ५ सय ५५ दोस्रो पुरस्कार ५ हजार ५ सय ५५ रुपैया नगद ट्रफ्री, मेडल र प्रमाण–पत्र रहेको कार्यक्रमका संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष ख्याम नारायण काफ्ले जानकारी दिए ।प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगिताबाट बचेको रकम भुकम्पबाट प्रभावित क्षेत्रमा आवश्यकता अनुसारको सहयोग गर्नेका साथै पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरी  चिनाउने प्रयास गर्नु रहेको क्लबका अध्यक्ष टंकराज अधिकारीले बताएका छन । 


Post a Comment

 
Top