0
केही दिनयता भारतले नेपालबिरुद्ध नाकाबन्दी गरेको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता उल्लंघन गरेको नदेखाउन उसले घोषितरुपमै नाकाबन्दी भन्न सकेको छैन तर यो नाकाबन्दी नै हो । उसले नाकाबन्दीको नयाा स्वरुप अपनाएको छ । नाका क्षेत्रमा मधेशी दलका नेता कार्यकर्तालाई धर्ना बस्न लगाएर नेपाली सीमा क्षेत्र असुरक्षित रहेको देखाउने र नेपालबिरुद्ध अघोषित नाकाबन्दी गर्ने भारतको नीति अब छर्लङ्ग भइसक्यो । आफ्नो स्वार्थअनुकूल नेपाल नचल्ने बित्तिकै भारतले पटक–पटक नाकाबन्दी लगाउादै आएको छ । २०४५ सालमा नेपालबिरुद्ध घोषित नाकाबन्दी नै लगाइएको थियो । नेपालले आफ्नो देशलाई अन्तर्राष्ट्रिय समुदायसामु शान्ति क्षेत्र”को प्रस्ताव गरेपछि भारतले आफ्नो देशलाई नसोधेर यस्तो गतिविधि गर्न नहुने भन्दै नाकाबन्दी गरेको थियो । पछाडि अन्य प्रसंगहरु जोडिएका थिए । तथापि आफ्नो स्वार्थअनुकूल नेपाल नचल्दा नै त्यतिबेला नाकाबन्दी गरिएको थियो । अहिले अन्तर्राष्ट्रियस्तरबाट चर्को बिरोधको सामना गर्नुपर्ने स्थितिलाई मध्यनजर गरेर नाकाबन्दी नै घोषणा गर्न नसके पनि अघोषितरुपमा नाकाबन्दी गरिरहेको छ । आफूले भनेअनुकूल नेपालका दलहरुले संविधान नबनाएको झोकमा अहिले भारतले नाकाबन्दी गरेको छ । यसबाट के देखिन्छ भने भारत नेपालको सबैभन्दा नजिकको छिमेकी राष्ट्र त हो तर भरपर्दो साथी भने होइन । त्यसैले उसले आफ्नो स्वार्थमा बाधा पुग्नेबित्तिकै जतिबेला पनि नेपाललाई दुःख दिन दिन सक्छ । अहिलेको नाकाबन्दी अन्त्य गर्न जनस्तरबाट खबरदारी शुरु भइसकेको छ । अब कूटनीतिकरुपमा पनि यो समस्या समाधान गर्न पहल गरिएला नै, योभन्दा महत्वपूर्ण कुरा हामी आत्मनिर्भरताको बाटोमा अघि बढ्न ढिला गर्नुहुँदैन भन्ने पाठ यो घटनाबाट सिक्नुपर्छ । हामी नेपालीहरुमा स्वावलम्बी नबनी अरु देशको मुख ताकेर बस्ने प्रबृत्ति हावी छ । भन्ने गरिन्छ, २०४५ सालको भारतीय नाकाबन्दीपछि शहर बजार क्षेत्रका नेपालीहरुले बारीमा तरकारी रोप्न थालेका हुन् । पढेर भन्दा परेर चेत्ने हामी नेपालीहरुको बानी छ । हामी नेपालीहरु पहिलेको कुरा बिर्सन्छौं पछि आउने कुरा ख्याल गर्दैनौं । त्यसैले वर्तमानमा धोका पाउाछौं । गत बैशाखमा भूकम्प नगएको भए नेपालमा संविधान सायदै बन्थ्यो होला । जेहोस्, नकारात्मक घटनाबाट पाठ सिक्नु पनि हामी नेपालीहरुको सकारात्मक विशेषता हो । यसपटक पनि भारतले लगाएको नाकाबन्दीलाई नेपालीहरुले आत्मनिर्भर बन्ने अवसरको रुपमा लिनुपर्छ । यो घटनाबाट पाठ सिक्नुपर्छ र जतिबेला जे पनि हुनसक्ने आंकलनमा हामी तयारी अवस्थामा बस्नुपर्छ । हामी नेपाली आत्मनिर्भर बन्ने सवालमा कति कमजोर रहेछौं भन्ने यसबीचमा देखिएको छ । तीन चार दिनको नाकाबन्दीले जनजीवन प्रभावित हुन थालिसकेको छ । यद्यपि, अहिले इन्धनबाहेक कुनै पनि वस्तु अभाव नरहेको सरकारले बताइरहेको छ । अहिले भारतले यतिसम्म अत्याचार गरेको छ कि भूकम्पका कारण चीनसंगका नाका बन्द भएर चिनिया सामान पनि भारतीय बाटो हुँदै आइरहेको बेला नाकाबन्दी गरिदियो । छिमेकी घरमा मान्छे मर्दा आफ्नो घरमा भोज आयोजना गर्ने जस्तो अमानवीय र क्रुर व्यवहार अहिले भारतले हामीमाथि गरिरहेको छ । यो घटनालाई हरेक नेपालीले मनमा सााचेर राख्नुपर्छ र कसरी आत्मनिर्भर बन्न सकिन्छ, त्यसको तयारी आजैदेखि गर्नुपर्छ । नेपाल भूपरिवेष्ठित देश हुनु कुनै अपराध होइन । त्यसो त भारतबाट बाटो हुँदै विदेशी सामान नेपाल आउन दिनु भारतले हामीप्रति देखाएको दया माया पनि होइन । यो त हरेक भूपरिवेष्ठित देशले पाउने विशेष अधिकार हो । विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुले नेपाललाई दिएको अधिकार हो । हामीले आफ्नो अधिकार प्रयोग गर्नका लागि यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने काम त आफ्नो ठाउँमा छ नै, त्योभन्दा महत्वपूर्ण कुरा हामी हरेक उत्पादनमा आत्मनिर्भर बन्ने प्रयास थाल्नुपर्छ । सागसागै नेपाललाई भारतीय बजारको एकाधिकारबाट क्रमशः मुक्त गर्दै लैजानुपर्छ भन्ने सन्देश पनि यो घटनाले दिएको छ । हामीसाग उत्तरी छिमेकी चीन छ, जो अहिले संसारकै पहिलो नम्बरको धनी देश हो । भारतीय जत्तिकै चिनिया उत्पादनलाई नेपाली बजारमा प्रवेश गराउनेतिर अब गम्भीरतापूर्वक सोच्नुपर्छ । हामीले एउटा देशका बिरुद्ध अर्को देशलाई प्रयोग गर्ने भूल कहिल्यै गर्नुहुँदैन । तर दुबै देशलाई समान पहुँच दिने कुरामा चुक्नु पनि हुँदैन । अहिले देखिएको ठूलो समस्या इन्धनकै हो । अब इन्धन आपूर्तिमा पनि भारतीय एकाधिकारको अन्त्य गर्ने विषयमा सोच्न जरुरी भइसकेको छ ।

Post a Comment

 
Top