0
गोल्डेन न्यूज संवाददाता
पोखराको बिरौटास्थित अग्रसर बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारणसभा तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले दुर्गाकुमारी आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ ।  आचार्यको यो तेस्रो कार्यकाल हो । कार्यसमिति उपाध्यक्ष गीता सुवेदी, सचिव रजनी कोइराला, सहसचिव तुलसी अधिकारी र कोषाध्यक्ष लक्ष्मी बराल चयन भए । सदस्यमा सरिता बराल, दुर्गा अधिकारी, इन्दिरा पौडेल भण्डारी, सुनिता ढकाल, कमला शर्मा र कल्पना भण्डारी चयन भए । कार्यकाल ३ वर्षको हुनेछ ।
यसअघि साधारणसभा उद्घाटन गर्दै संस्थाका ज्येष्ठ शेयरसदस्य एवं सल्लाहकार विष्णु बास्तोलाले गरेकी थिइन् । कार्यक्रममा जिल्ला सहकारी संघका सन्तु सुवेदी, राष्ट्रिय सहकारी बैकका केदार उप्रेती, नीलगिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कालीदास पौडेल, संस्थाका सल्लाहकार कमला पंगेनी, शेयर सदस्य रजनी कोइराला, संस्थाका अनुगमन संयोजक सरिता बराल, शिक्षा संयोजक कमला शर्मा, ऋण समिति सदस्य कल्पना भण्डारी, लेखा संयोजक रेखा पोखरेल, संस्थाका कोषाध्यक्ष लक्ष्मी बराल, लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव गीता लामिछानेले संचालन र स्वागत संस्थाका उपाध्यक्ष सुवेदीले गरेकी थिइन् । महिलामात्र शेयर सदस्य रहेको संस्थामा हाल २ सय ४१ शेयर सदस्य छन् ।

Post a Comment

 
Top