0
गोल्डेन न्यूज संवाददाता
ओरियन कम्प्युटर एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युट, पोखराले तनहुँको राम्जाकोट गाविसमा रहेको जनजाग्रीती प्राथमिक विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा ओरियनका सल्लाहकार बलराम पोख्रेलले सो सामाग्री प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै उनले विद्यार्थीहरु लाई प्रदान गरिएको शैक्षिक सामाग्रीले अध्ययनमा थप रुचि जगाउने उल्लेख गरे ।
 
शैक्षिक तथा खेलकुदका गरी करिव ३० हजार रुपैयाँको सामाग्री प्रदान गरिएको हो । ओरियन कम्प्युटर एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युटका प्रमुख श्रीराम तिमिल्सिनाले संस्थाले आयआर्जन, विद्यालयमा सहयोग, कम्प्युटर तालिम, नेतृत्व विकास लगायतका विषयमा तालिम प्रदान गर्दै आएको जानकारी दिए । पत्रकार एवम् हिंसा रहित सञ्चारका पत्रकारिता संयोजक राजन उपाध्यायले विद्यार्थीको चौतर्फि विकासका लागि शिक्षक, विद्यार्थी र अभिभाकहरुको एकता हुनुपर्ने बताए । विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष भुवन रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल कोपिला थापाले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयमा हाल ६५ जना  विद्यार्थी अध्ययनरत छन् । शान्ति गृहको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । सोहि अवसरमा प्राथमिक उपचार बक्स समेत प्रदान गरिएको थियो ।



Post a Comment

 
Top