0
गोल्डेन न्यूज संवाददाता
नेपाल हृदयरोग निवारण प्रतिष्ठान कास्की शाखाले त्रिदिवसीय रूपमा विश्व मुटु दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । सेप्टेम्वर २९ तारिकमा हरेक बर्ष विश्व मुटु दिस मनाइने गरिन्छ । पछिल्लो समय विश्वमा मुटुरोगीको संख्या बढेको, मुटुरोगका कारण मृत्यु हुनेको संख्या बढेको छ । साथै, मुटुरोगको उपचार महंगो समेत रहेको छ । यहि हिसावले मुटुरोगीको संख्या बढ्दै गएमा सन् २०२० सम्म मावन मृत्युको प्रमुख कारण मुटुरोग हुने कुरा डब्लूएचओले जनाएको छ । यसको कारण मुटुरोगको बारेमा व्यापक जनचेतना बढाउन यो दिवस मनाइएको छ । मंगलबार विश्व भरी व्यापक रूपमा यो दिवस मनाइने गरेको छ ।
 
नेपाल हृदय रोग प्रतिष्ठान कास्की शाखाले असोज ९ र १० गते महेन्द्र उच्च माविका दुई सय ५० जना विद्यार्थीलाई, असोज ११ गते नवप्रभात माविका ७० जना विद्यार्थीलाई र असोज १२ गते जनप्रिय उच्च माविका ५२ जना विद्यार्थीहरूलाई मुटुरोग, यसका लक्षणहरू, उपचार प्रकृया र परिक्षण विधिहरू, प्रमुख मुटुरोगहरू, बाथ, ज्वरो र वाथ मुटुको रोग साथै यसको नियन्त्रण र रोकथामका उपायहरूको बारेमा प्रशिक्षण नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य सूर्य प्रसाद ढकालले दिए । त्यस अवसरमा प्रतिष्ठान कास्की शाखाका कोषाध्यक्ष उमा ठकुरी, सदस्यहरू कुलबहादुर नेपाली, धिरज थापा, केदार ढकाल, सागर पौडेलले मन्तव्य दिएका थिए ।
त्यस्तै, असोज १२ गते विहान साइकल सिटी पोखरा, जयन्ती टूष्ट सहितको साझेदारीमा
सम्पन्न साइकल ¥याली ‘टुर दि पोखरा’ कार्यक्रम र दिउँसो मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानका सदस्यहरूको समेत सकृय सहभागीता रहेको थियो ।

Post a Comment

 
Top