0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोख्रेलले आय आर्जनको क्षेत्रमा लगानी बढाउँदै स्वदेशमा नै रोजगारी सृजन गर्नु पर्नेमा जोड दिएका छन्। रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी सस्थाको शुक्रबार १४औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष पोखेलले रोजगारीका लागि विदेशिएका नेपालीलाई स्वदेशमा नै केहि गर्ने बाताबरण र्सजना भए श्रम कै लागि विदेश जानुनपर्नेमा जोड दिदै उनले घोषणा भएको नयाँ संविधानले नेपाल र नेपालीको उज्ज्वल भबिष्यका बाटाहरु कोर्ने विश्वास दिलाएका थिए ।
अहिलेको आवस्यकता भनेको आय मुल ब्यवसाय हो,जाहाँ हामीहरु निर्बाहा मुखि खेतिमा मात्र छैं, अव त्यो होईन, सामुहिक लगानीको माध्यमबाट ब्यवसायिक उत्पादन हुनुपर्छ पोख्रेलको भनाई थियो । सोही अवसरमा बोल्दै सभासद् यज्ञबहादुर थापाले देशमा जनताले चाहेको संविधान आएको छ। अव सानो मन गरेर होईन खुल्ला र ठूलो सोचाईले देश विकासको अभियानमा लाग्नुपर्छ, अव राजनीतिलाई छोडेर आर्थिक क्रान्तिमा लागौं त्यही नेपाल र नेपालीको भविश्य रहेको छ थापाको भनाई थियो। रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र बेगनासका वरिष्ठ बैज्ञानिक सुरेन्द्र शाहा, जिल्ला भूसंरक्षण कार्यालय पोखराका गंगाराम महतो, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, जिल्ला वन कार्यालय कास्कीका बन अधिकृत माधव प्रसाद बराल र सम्पूर्ण शेयर सदस्यहरुको तर्फबाट जानुका अधिकारी लगायतले रुपातालको संरक्षण गर्दै आय आर्जनका लागि ब्यवस्थीत माछा उत्पादनमा जोड दिएका थिए । सस्थाका सचिव शिवराज अधिकारीले संचालन गरेको सो कार्यक्रममा लेखा समितिका संयोजक रामचन्द्र ढुगानाले आर्थिक प्रतिबेदन र उपाध्यक्ष नरमाया गुरुङले धन्यबाद ज्ञापन गरेकी थिईन।

Post a Comment

 
Top