0
गोल्डेन न्यूज संवाददाता
नेपाल हवाई खेलकुद संस्था (ना) पोखराको आयोजक पोखरामा शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको हिमालयन एयर फेष्टिवल गरुढा फन २०१५ सुरु भएको छ । आईतबारसम्म संचालन हुने उक्त फेष्टिवलको उद्घाटन गर्दै पर्यटन मन्त्री कृपाशुर शेर्पाले पोखरामा साहासिक खेल गतिविधिले पर्यटन प्रवद्र्धन गरेको बताए । कार्यक्रममा उनले विश्व पर्यटन दिवसको अवसरमा पोखरामा यस्तो फेष्टिवल आयोजना हुनाले पोखरा क्षेत्रमा भूकम्पले गर्दा खासै असर नपरेको सन्देश प्रभाव हुने विश्वास व्यक्त गरे । उनले भने–‘भूकम्पले गर्दा पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ, यस्तो अबस्थामा सवै पर्यटन व्यवसायीहरु एक भई नेपाल भूकम्पबाट सुरक्षित छ भन्ने सन्देश दिन यस्तै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्नु पर्दछ ।’
 
राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले भूकम्पले गर्दा देशमा हाल पर्यटन क्षेत्र द्वन्दकालमा भन्दा खस्केको दाबी गरे । भूकम्पबाट थलिएको नेपालको पर्यटन व्यावसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सेप्टेम्बर २७ तारिख अर्थात विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरुलाई लक्षित गरी कार्यक्रम पहिलो पटक आयोजना गरिएको संयोजक नतषा श्रेष्ठले बताईन । विश्व पर्यटन दिवसको अवसरमा आयोजना भएको अन्तराष्ट्रिय स्तरको उक्त फेष्टिवलमा नेपाल सहित ८ राष्ट्रका प्याराग्लाईडिङ, अल्ट्रालाईट र पावर प्याराग्लाईडिङ (प्यारा मोटर) का पाइलटहरुको सहभागिता रहेको नाले जनाएको छ । फेष्टिवलमा ५ जना नेपाली महिला पाईलट सहित ५५ जना सहभागी भएको नाले जनाएको छ । प्रतियोगितामा भारत, चाईना, रसिया, फ्रान्स, स्लोभाकिया, उजिकिस्तान, ईटली लगायतका राष्ट्रका प्याराग्लाईडिङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) का पाईलटहरु सहभागि भएको कार्यक्रम संयोजक नताषा श्रेष्ठले बताईन । मिलन सुवेदीले नेपालको राष्ट्रिय झण्डा फहराउदै पोखराको आकासमा प्याराग्लाईडिङ गर्दै आफ्नो कला प्रर्दशन गरेका थिए ।

त्यस लगतै अन्य पाईलटहरुले प्याराग्लाईडीङ गर्दै आ–आफ्नो कला प्रदर्शन गरेका थिए भने आकासमा अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) ले रंगि विरङगी धुवा फाल्दै फेवटीवलमा सहभागिहरुलाई भरपूर्ण रुपमा मनोरन्जन दिएका हुन । पोखराको आकाशमा प्याराग्लाईडिङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) बाट डेमोको रुपमा रंगि विरंगी हुदै विभिन्न भेषभूषामा ध्वजापतका सहित प्रदर्शन नाका कार्यवाहक अध्यक्ष शोभित बानियाँले बताए । सराङकोटबाट विभिन्न ध्वजापतका तथा भेषभूषामा सजिएका पाईलटहरु आकाशमा केहिले एक्रोव्याट्रिक समेत गरेका थिए भने रंगिविरंगी धुवाँ समेत उढाईएको थियो । सराङकोटबाट हवाई उडान गरी खपौदीको ईन अफ द लेकमा पाईलटहरुले अवतरण गरेका हुन । नेपालमा भूकम्प पछि हाल सामान्य जनजीवनमा फर्किएको सन्देश विश्व सामु दिदै नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको र साहासिक खेलको राजधानी पोखरामा खेल गतिविधि भएको समेत यो फेष्टिवलको मुख्य उद्देश्य रहेको महासचिव वसन्तराज दवाडीले जनाए । विश्व पर्यटन दिवसको अवसरमा भगवान गणेश, शिव, पार्वती, भगवती, गरुण, लक्ष्मी, काल भैरव, यति, लाखे नृत्य लगायतको भेषमा पहिरिएर प्याराग्लाईडीङका पाईलटहरुले आकाशमा उढ्दा सहभागिहरुले भरपूर मनोरन्जन लिएका थिए । त्यसै गरी अल्ट्रालाईट तथा पावर प्याराग्लाईडीङबाट रंगि विरंगी आकाशमा धुवा फाल्ने, रिवनको प्रदर्शनी भएको थियो । फेष्टिवलमा करीब १५ जना विदेशी पर्यटकहरु सहभागि भएका छन । पोखरा पर्यटन पुनर्रजागरण समिति (पिटिआरसि) को संयोजनमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, नेपाल नागरीक उड्डयन प्राधिकरणको बिशेष सहयोगमा उक्त फेष्टिवल भएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top