0
गोल्डेन न्यूज संवाददाता
५० औं वालदिवसको उपलक्ष्यमा महिला तथा बाल कल्याणकुञ्जको आयोजनामा शुक्रवार शिप विकास समितिको भवनमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो । नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण केसीले कार्यक्रमको उद्घाटन गर्दै समाजमा ठूलो मान्छे होइन असलमान्छे हुन सिक्नु पर्ने वताए । कार्यक्रममा मौला स्लामिक सामुदायिक विद्यालयका छ जना विद्यार्थी, भद्रकाली उच्च माविका छ जना विद्यार्थी र शितलादेवी प्रस्तावित उच्चमाविका पाँच जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
 
महिला तथ बाल कल्याण कुञ्जका अध्यक्ष भगवती सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कुञ्जका उपाध्यक्ष लक्ष्मी सिग्देल, सचिव मैया सिग्देल, पूर्व अध्यक्ष् सरस्वती सिग्देल, जनकल्याण समितिका अध्यक्ष लोकवहादुर कार्की, नेपाल परिवार नियोजन कास्कीका अध्यक्ष अर्जुन सिग्देल, नेपाल प्रेस यूनियन कास्कीका अध्यक्ष शिरोमणि वराल, वडा नं १३ का सचिव श्रीकन्त तिमिल्सिना, भद्रकाली बहुमुखी क्याम्पस व्यवस्थपन समितिका अध्यक्ष बजिरमान श्रेष्ठ, सिप विकास समितिका अध्यक्ष नीलकण्ठ सिग्देल र कुञ्जका निवर्तमान अध्यक्ष उषा सिग्देल लगायतले वालेका थिए ।

Post a Comment

 
Top