0
प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति सुशिल कोइरालाले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम पोखरा विश्व विद्यालयको रिक्त रहेको रजिष्ट्रार पदमा पृथ्वीनारायण क्याम्पस पोखराका भूगोल विषयका सहप्राध्यापक गोविन्द शर्मालाई बिहीबार नियुक्त गरेका छन् । पर्वत स्थायी ठेगाना भई पोखरा बगरमा बसोबास गर्दै आएका नवनियुक्त रजिष्ट्रार शर्मा प्रजातान्त्रिक खेमा निकट मानिन्छन् । उनले नेपाल प्राध्यापक संघको गण्डकी–धवलागिरि अञ्चल विशेष समितिको अध्यक्ष एवं पृथ्वीनारायण क्याम्पस समितिको अध्यक्ष समेत रहेर काम गरेका थिए । प्रजातन्त्रवादी प्राध्यापक तथा बुद्धिजीविहरु संलग्न विभिन्न संगठनमा उनी सक्रिय छन् ।

Post a Comment

 
Top