
पोखरा ९ असोज ।
पोखरामा रहेका लमजुङवासीद्वारा संचालित लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष हरिभक्त पौडेलले सहकारीको परिभाषा सबैले बुझ्नेगरि मार्मिक ढङ्गले प्रस्तुत गरे । उनले कार्यक्रममा सहभागी सबैलाई शुरुमा १ औंलालेमात्र ताली बजाउन लगाए । त्यो तालीको आवाज कसैले सुनेनन् । त्यसपछि २ औंलाले, तीन औंलाले क्रमशः पाँच औंलाले ताली बजाउन लगाए उनले । पाँच औंलाले ताली बजाउँदा सभाहल नै गुञ्जयमान भएको थियो । प्रमुख अतिथि समेत रहेका पौडेलले सहकारीलाई यसरी परिभाषित गर्दा कार्यक्रममा सहभागी सबैेले बुझेजस्तै गरि प्रफुल्लित भएका थिए ।
त्यस अवसरमा बोल्दै पौडेलले सर्वप्रथम ‘संस्थाका लागि सदस्य र त्यसपछि सदस्यका लागि संस्था’ भन्ने मूलमन्त्र लागू गरिए सहकारी राम्रोसंग चल्न सक्ने बताए । २०४८ अघि सरकारको नियन्त्रणमा रहेको सहकारी त्यसपछि छुट्टै नियम कानून बनेको र सहकारीको विकास तीव्र रुपले भएको पौडेलले बताए । उनले भने–‘२०४८ पछि नेपालमा ३३ हजार सहकारी संस्था स्थापित भने ५५ लाख जनता सहकारीमा आवद्ध भएका छन् ।’ कास्कीमामात्र ६ सय सहकारी दर्ता भएको जानकारी दिंदै प्रमुख अतिथि पौडेलले सहकारीबाट पश्चिमाञ्चलमा मात्र ४ अर्व बढी राजस्व संकल न भएको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दीलिपराज श्रेष्ठले लमजुङवासी एक भएर सहकारी नै संचालन गर्नु खुशीको कुरा भएको बताए । अर्को प्रसङ्गमा उनले पिएन क्याम्पसमा अध्ययनरत लमजुङका ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे भने बाबा फाउण्डेशन मार्फत ९० जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरिरहेको जानकारी गराए ।
सहकारीका अध्यक्ष ऋषिराम चिलुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लमजुङ पोखरा सम्पर्क समितिका पूर्व अध्यक्ष प्राडा पशुपतिनाथ तिमल्सेना, सहकारीका सल्लाहकार विश्वलाल श्रेष्ठ, शेयर सदस्य राधाकृष्ण कोइराला, लमजुङ सम्पर्क समितिका अध्यक्ष सूर्य बराल लगायतले लमजुङ पोखरा सम्पर्क समिति र सहकारी एक सिक्काको २ पाटा भएको बताएका थिए । उनीहरुले सहकारीले यसअघि गर्दै आएका काम अति राम्रो भएकाले भावी दिनमा गर्नुपर्ने कामका बारेमा विविध सुझाव दिएका थिए । कार्यक्रमको संचालन सचिव हरिराज पन्तले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष दीपकराज घिमिरेले गरेका थिए ।
कार्यक्रममा संस्थाको वार्षिक कार्यप्रगिति बारे प्रतिवेदन पेश गर्दै सहकारीका अध्यक्ष चिलुवालले २०७२ भाद्रसम्म १ सय ६० जना शेयर सदस्य रहेको बताए । २०७१ भाद्रसम्ममा १ सय १२ जना शेयर सदस्य रहेकोमा यसवर्ष बढाइएको र ३ सय जना शेयर सदस्य पु¥याउने संस्थाको लक्ष्य रहेको उनले जानकारी दिए । यसैगरी २०७१ भदौसम्ममा २१ लाख २० हजारबाट शेयर पुँजी वृद्धि गरि ५८ लाख पु¥याएको अध्यक्ष चिलुवालले बताए । तीन करोड रुपैयाँ शेयर पुँजी पु¥याउने संस्थाको लक्ष्य रहेको उनले जानकारी दिए । कार्यक्रममा लेखासमिति प्रतिवेदन लेखा संयोजक दिनेशमूर्ति पन्तले प्रस्तुत गरेका थिए । उनले सहकारी सहकारी नियम अनुसार नै संस्था संचालन भएको स्पष्ट पारे । साधारणसभाको बन्दसत्रले अध्यक्ष चिलुवाल र लेखासमिति संयोजक पन्तल े प्रस्तुत गरेको प्रतिवेदनलाई सुझाव सहित पारित गरेको छ ।
Post a Comment