गोल्डेन न्यूज संवाददाता
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कास्कीको सल्यानस्थित संगम युथ क्लवले नवौं तीज मेला आयोजना गर्ने भएको छ । भदौको २८ देखि ३१ गतेसम्म हुने मेलामा वडा स्तरिय तीज गीत प्रतियोगिता संगै पुरुष भलिवल, प्रावि स्तरीय हाँजिर जवाफ छेलो हान्ने प्रतियोगिता लगाएत विविध साँस्कृतीक कार्यक्रम हुने क्लवका अध्यक्ष विजय गुरुङ्गले जानकारी दिए । सोही अवसरमा सल्यान गाउँको पहिचान झल्किने गितको पनि बिमोचन गरिने गुरुङ्गले बताए । पुरुष भलिवल प्रतियोगितमा प्रथम हुने समुहले नगद ३० हजार तथा द्वितीय हुनेले २० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि विभिन्न विधाका खेलाडीहरुले पनि छुट्टछुट्टै पुरस्कार प्राप्त गर्नेछन् । तीज गित प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार तथा द्वितीय हुनेले नगद २ हजार तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । मेला सम्पन्न गर्नका लागि क्लवका अध्यक्ष विजय गुरुङ्गको अध्यक्षतामा विभिन्न उपसमितिहरु गठन गरिएको छ । जस अन्तर्गत साँस्कृतिक कार्यक्रम संयोजकमा क्लवका सदस्य अन्जना गुरुङ्ग तथा भलिवल प्रतियोगिताको संयोजकमा भुपेन्द्र गुरुङ्ग रहेका छन् ।
Post a Comment