0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रका नागरिकका लागि सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विंसं. २०१२ मा २ सय ७ रोपनी क्षेत्रफलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल स्थापना गरिएको थियो । सुरुमा दिनमा मेडिसिन, सर्जिकल, हाड तथा नशा रोग, प्रसुति रोग र बालरोग लगायतको उपचार सेवा उपलब्ध गराई प्रारम्भ गरिएको यस अस्पतालमा । अस्पताल ५० बेडवाट सेवा सञ्चालन गरिएको थियो । अहिले भने अस्पतालको समयानुकुल बिरामीको चापलाई मध्यनजर गर्दै सुविधामा बृद्धि गर्रिको छ । अस्पतालमा अहिले मानसिक, मेडिकल छाला तथा यौन राग, सर्जिकल, हाड तथा नशा रोग, प्रसुति, नाक, कान र घाटी रोग , फिजियोथेरापी, ल्याव सेवा, सिटिस्केन लगायत १४ विभाग (वार्ड) रहेका छन भने ४ सय ५० बेड क्षमता रहेको छ । अस्पतालको सेवा विस्तार र बृद्धिसंगै दैनिक रुपमा विभिन्न रोगका करिब ४ सय ५० बिरामीले उपचार गराउँदै आएका छन भने मासिक १७ हजार बढीको संख्यामा बिरामी उपचारार्थ आउने गरेको अस्पताल प्रशासनले जाएको छ । अस्पताको स्तरबृद्धि र आधुनिकिकरणका क्रममा प्रशासनले दन्त सेवा, मानसिक रोग, मेडिकल सेवा, सर्जिकल सेवा, हाड तथा नशा, नाक, कान रघाटी, प्रसुति तथा स्त्री रोग, बालरोग,  छाला रोग, फिजियोथेरापि, ल्याव, सिटिस्क्यान, एक्सरे, अल्टासाउन्ड, इसिजी, इको, इण्डोस्कोपी,र क्लोनोस्कोपी लगायतका सेवाहरुको विस्तार गरिएको छ । सेवा विस्तार संगै सर्वसाधारण जनताले सस्तो र सर्वसुलभरुपमा स्तरीय स्वास्थ्य सेवाको उपभोग गर्ने अवसर पाएका छन् तर अस्पतालको सेवा विस्तार संगै अस्पतालमा आवश्यक मेडिकल उपकरणहरुको अभाव दिखिएको पत्रकार नरहरि पौडेलले हिमालीपोष्टमा लेखेका छन् ।  विश्वले अत्याधुनिक उपकरणमा चमत्करीक परिवर्तन गरिरहेको अवस्थामा क्षेत्रीयस्तरको अस्पतालमा भने पर्याप्त मात्रामा अत्याधुनिक उपकरणको प्रयोग हुन सकेको छैन । विभिन्न समयमा व्यवस्था गरिएका उपकरण समेत बिग्रिएका कारण प्रयोग हुन नसकेको अस्पतालले जनाएको छ । उपकरणको मर्मत संंम्भार समेत आर्थिक अभावले गर्दा हुन सकेको छैन । अस्पतालमा हाल एक–एक थान मात्र सिटिस्क्यान र ईको गर्ने उपकरण मात्र प्रयोगमा रहेको बताइएको छ । अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा रहेका ६ थान एक्सरे मध्ये ३ थानमात्र संचालित छन् भने ६ थान युयसजी मध्ये ४ पिसमात्र संचालनमा छन् । त्यसैगरी अत्यन्त जटिल अवस्थाका बिरामीका लागि प्रयोग गरिने भेन्टिलेटर ७ मध्ये ४ थानमात्र प्रयोगमा छन् । बिरामीको चापको अनुपातमा उपकरण अत्यन्त  न्यूज रहेको प्रष्ट हुन्छ । आर्थिक अभावमा भौतिक संरचनाहरुको उचित निर्माण र अत्यावस्यक उपकरणको प्रयाप्त मात्रमा उपलब्ध हुन नसकेपनि अस्पताल प्रशासनले उपलब्ध स्रोत र साधनको प्रचुर मात्रमा प्रयोग गरि सेवा प्रवाह गरिएको छ । अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा अत्याधुनिक प्रविधि मार्फत उपचारका लागि पटक–पटक सम्वन्धित निकायमा आवश्यक पहल हुँदै आएको भएपनि आवश्यक सहयोग नहँुदा उपचारमा समस्या रहँदै आएको आस्पताल प्रसाशनले जनाएको छ । आर्थिक र दक्ष जनशक्ति अभावमा बिरामीलाई उचित सेवा प्रवाह हुन सकेको छैन । नेपाल सरकारको बीसौ बर्ष पुरानो नीति र योजना अनुरुप अत्यन्त न्यून संख्यामा डाक्टर, नर्स, प्राधिक र प्रशासनिक लगायतका कर्मचारीको दरवन्दी यथावत रहेकाले अस्पताल द्धारा अस्थाई र करारमा डाक्टर लगायतका अन्य प्रबिधिक र प्रशासनिक कर्मचारी आफ्नै स्रोतमा राखेको छ । आफ्नो स्रोतमा राखिएका कर्मचारीको संख्या झण्डै दरवन्दीका तुलनामा दोब्वर भएपछि अस्पताललाई आर्थिक भार थपिएको जनाएको छ । अस्पतालमा सरकारले तोकेको डाक्टरको दरबन्दी १ सय जना मात्र भएपनि प्रशासनले दैनिक कार्यलाइ सहज तुल्याउन आवश्यक डाक्टर, प्राविधिक,र प्रशासनिक कर्मचारी बिभिन्न स्रोतवाट नियुक्ति गरेको जनाएको छ । जसमा स्थाई ५२ जना, अस्थाई ४९, अस्पताल विकास समिति र अन्य स्रोतवाट ४६ जना सहित कुल १ सय ४७ डाक्टर कार्यरत रहेका छन् । स्टाफ नर्स सरकारले तोकेको दरवन्दी संख्या १ सय ८ जना रहेको छ । जसमा ७८ स्थाई, ७८ अस्थाई र आन्तरिक स्रोतबाट ८७ गरी जम्मा २ सय ४३ नर्सहरु अस्पतालमा कार्यरत छन् । प्राविधिक कर्मचारीको स्थाई दरवन्दी ५९ रहेको छ भने ४० स्थाई, ४० अस्थाई र अन्य आन्तरिक स्रोतवाट ३३ सहित १ सय १३ प्राबिधिक कर्मचारीको प्रवन्ध गरिएको छ ।
यस्तै प्रशासन तर्फ दरवन्दी १ सय जनाको रहेको छ । प्रशासनिक कार्यलाई मध्यनजर गदै १० स्थाई, १० अस्थाई र आन्तरिक स्रोतवाट २९ सहित ४९ जना कर्मचारीको र कार्यालय सहयोगीको २३ दरवन्दी भएतापनि २३ स्थाई, २२ अस्थाई र १ सय एक आन्तरिक स्रोतबाट गरि जम्मा १ सय ४५ जना कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । समग्रमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाक्टर, नर्स, प्राबिधिक, प्रशासनिक र श्रेणी विहीन सहित कूल ३ सय दरवन्दी सरकारले तोकेको भएपनि प्रशासनले बिरामीको चापलाई दृष्टिगत गर्दै दैनिक प्रशासनिक काम, प्राबिधिक र कार्यालय सहयोगी लगायतका कार्यलाई ध्यान दिंदै समितिको मातहतमा रहने गरि स्थाइ, अस्थाई र करार सहित ६ सय ९८ कर्मचारी अस्पतालमा कार्यरत रहेको प्रशासन प्रमुख बिमल बरालले जानकारी दिए । भर्ना हुने बिरामीहरुका लागि अस्पताल प्रशासनले विभिन्न किसिमका बेड र कोठाको ब्यवस्था मिलाएको जानकारी दिएको छ जसमा मेडिकल विभागका लागि एक डिलक्स वेड,दुई क्याविन, दुई सेमी क्याविन र जनरल ३१ बेडगरि जम्मा मेडिकल वार्डमा वेड क्षमता ३६ रहेको छ । त्यसै गरि बच्चा वार्डमा दुई क्याविन ,४ सेमी क्याविन ,३१ जनरल वेड सहित जम्मा ३७ वेड क्षमता रहेको छ । हाडजोर्नि तथा नशारोग विभाग अन्तरगत दुई क्याविन,२९ जनरल गरि कुलक्षमता ३१ मात्र रहेको छ भने अप्रशन गरेपछी विरामिलाईृ राखिने पोष्ट अप्रेटिभ विभागका लागि ४ क्याविन, २ सेमी क्याविन र आठ जनरल गरि जम्मा १४ मात्र वेड क्षमता रहेको छ । प्रसुति विभागमा एक क्याविन, दुई सेमी क्याविन र ३१ जनरल वेड सहित जम्मा ३४ वेड क्षमता रहेको छ । गर्भवती महिला र बच्चाका लागि आवश्यक रेखदेख र उचित परामर्श तथा मार्ग निर्देशन गरि आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धन गरि बिभिन्न रोगवाट बचाउन उपचारात्मक सेवा प्रदान गर्ने मेटानिटी विभाग अन्तर्गत दुई क्याविन, दुई सेमी क्याविन र जनरल ६८ सहित ७२ वेडहरु संचालनमा छन । अस्पतालमा सञ्चालित सर्जिकल, आईसियू, यनआईसियू, डायलाइसिस र ईमर्जेन्सी विभागहरुमा जनरल वेडहरु मात्र उपलब्ध रहेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालको ४ सय ५० वेड क्षमता रहेको जानकारी दिएता पनि हालसम्म विभिन्न वार्डहरुको उपलब्ध विवरण अनुसार डिलक्स क्याविन एक, क्याविन वेड क्षमता १३, सेमी क्याविन १२ र जनरल २ सय, ९८ सहित कूल ३ सय १५ वेड क्षमतामा अस्पताल सञ्चालन भएको देखिन्छ । अस्पताल प्रशासनका अनुसार वेडहरुको मर्मत सम्भार र भौतिक संरचनाको मर्मत सम्भार क्रममा रहेकोले बताएको छ मर्मत संभार लगत्तै अन्य वेडहरु समेत सञ्चालनमा आउने बताईएको छ । बढ्दो जनसंख्या, आधुनिक, सेवा र सुविधा उपभोगको लालसामा बजार क्षेत्रमा बसाई सराँई हुने क्रममा बृद्धी भएको छ । बसाई सराँई संगै शिक्षा स्वास्थ्य र रोजगारीको खोजीमा जनता पोखरा क्षेत्रमा आउने क्रम बृद्धी संगै पोखराका अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको छ । गतबर्ष ०७०÷०७१ मा ओपिडी वार्डमा ९५ हजार ७८ जना बिरामीहरुले उपचार सेवा लिएका थिए । यस बर्ष ०७१÷०७२ मा ओपिडी वार्डमा उपचार गराउने बिरामीको संख्या बृद्धि भई १ लाख, १० हजार, ५३ पुगेको अस्पतालले जानकारी दिएको छ ।

Post a Comment

 
Top