0
गोल्डेन न्यूज संवाददाता
लामो समयको अथक प्रयासपछि दलहरुको सहकार्यमा जारी नयाँ संविधानलाई विश्वभरबाट स्वागत र बधाई आउन थालेको छ । दलहरु एकढिक्का भएर संविधान जारी गर्ने प्रक्रियामा सकारात्मक बनेदेखि नै यस्तो स्वागत तथा बधाई आउन थालेको थियो । छिमेकी भारत लगायत केही मुलुकले तराईको आन्दोलनलाई राजनीतिक तवरले समाधान गर्न आग्रह गरे पनि प्रक्रियालाई विरोध गर्न सकेका छैनन् । तर भारतले अहिलेसम्म नेपालको संविधानलाई स्वागत गरको छैन । अथक प्रयास र छलफलपछि मेहनतका साथ पारित गरिएको संविधानलाई भारतले स्वागत नगरि तराईको समस्याप्रति बढी केन्द्रित भएकोमा दलहरु रुष्ट भएका छन । तराईको आन्दोलनलाई भारतले भन्दा मुलुकले राम्ररी बुझेको भन्दै आन्तरिक मामिलामा खुलेर नआउनु नै राम्रो हुने सन्देश भारतलाई दिएपछि भारतमा पनि नेपालबारे लगातार बैठक भइरहेको छ ।
भारतकै जगमा अडेर संयुक्त राष्ट्रसंघले पनि स्वागत भन्ने शब्द प्रयोग नगरि जानकारीमा रहेको बताएको छ । तर, संयुक्त राष्ट्रसंघले पनि जारी संविधानलाई गतिशिल बक्तब्यको रुपमा प्रस्तुत गरेको छ । उसले यसको सिधै स्वागत भन्ने शब्द प्रयोग नगरेपनि यसबाट नै अव समाधान खोज्न आग्रह गर्नुले संविधालाई स्वागत गरेको बुझ्न सकिन्छ । राष्ट्रसंघका महासचिव बान कि मुनका प्रवक्ता स्टेफानी ड्युजारीकले जारी गरेको वक्तब्यमा भनिएको छ, ‘संविधान गतिशील दस्तावेज हो । राजनीतिक नेतृत्वलाई वृहत् राष्ट्रिय हितका लागि लचकता र समावेशीता अपनाउन आग्रह गर्दछौं ।’ नेपालमा हालै भएका हिंसाप्रति चासो राख्दै प्रवक्ताले संवाद र अहिंसाको बाटोमा जोड दिएका छन्। शान्तिपूर्ण प्रदर्शन र भेला हुन पाउने अधिकारको सम्मान गर्न पनि मूनले आग्रह गरेको उल्लेख गर्दै भनिएको छ, ‘नेपाली जनताले शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल चाहेको छ ।’
यसैगरी शक्ति मुलुक अमेरिकाले संविधान जारी भएकोमा नेपाल नेपाली जनतालाई बधाई दिएको छ । अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता जोन कर्बीले मंगलबार वक्तव्य जारी गर्दै त्यस्तो बधाइ दिएका हुन् । नेपालको लोकतान्त्रिक यात्रामा संविधानको घोषणा एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको अमेरिकी धारणा छ ।
‘सबै नेपालीहरूलाई शान्तिपूर्ण तथा अहिंसात्मक माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न भइरहन हामी प्रोत्साहित गर्दछौ र, जनताले ती लोकतान्त्रिक अधिकारहरू व्यक्त गरेको बेलामा नेपाली सुरक्षा फौजलाई संयमता अपनाउन हामी आह्वान गर्दछांै,’ अमेरिकी वक्तब्यमा उल्लेख छ । सरकारले सबै नेपालीका विचारहरू समेट्ने प्रयत्न जारी राख्नु पर्दछ । साथै, लैङ्गिक समानता, धार्मिक स्वतन्त्रता, र नागरिकताको अधिकार लगायतका विश्यव्यापी रूपमा मान्यता प्राप्त अवधारणा तथा सिद्धान्तहरूसाग एकरूप हुने उपायहरू संविधानले अपनाएकोमा त्यसलाई सरकारले सुनिश्चित गर्दै जाने विश्वास समेत ब्यक्त गरेको छ । नेपाल सरकार र नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनर्निर्माणमा जुटेको वर्तमान अवस्थामा अमेरिका सहयोग गर्न तयार रहेको पनि बक्तब्यमा उल्लेख छ । यसैगरी संविधान घोषणा भएकामा फ्रान्सले स्वागत गरेको छ । फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गरी नयाँ संविधान घोषणासँगै सन् २००८ मा सुरु भएको शान्तिप्रक्रिया पुरा भएको भन्दै खुसी व्यक्त गरेको छ । फ्रान्सले नयाँ संविधान घोषणाले राष्ट्रिय सहमति, राजनीतिक स्थिरता र विकासको बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेको छ ।
 
यसैगरी मित्र मुलुक जर्मनीले नेपालमा नया संविधान जारी भएको मा स्वागत गर्दै खुशी ब्यक्त गरेको छ । जर्मन विदेशमन्त्री फ्र्याङक वाल्टर स्टेइनमेयरले एक विज्ञप्ती जारी गर्दै भनेका छन,–‘यो समाजको समान्जस्यता र लोकतन्त्रको प्रवद्र्धन गर्न थप महत्वपूर्ण कदम हो ।’ संविधान जारीलाई नेपालको इतिहासमा एक नयाँ अध्यायको रुपमामा ब्यख्या गर्दै जर्मनीले भनेको छ,‘यसले लोकतन्त्रको जगलाई ब्यवस्थित गर्दै र सकारात्मक आर्थिक र राजनीतिक भविष्यका लागि आधार प्रदान गर्नेछ ।’ केही महिना पहिले महाभुकम्पको विपत्तिबाट माथि उठिरहेको अवस्थामा अहिलेको एकता र सदभाव प्रति खुशी ब्यक्त गर्दै मिलेर अघि बढन आग्रह गरेको छ । ‘जर्मनीले संवैधानिक मस्यौदाको प्रक्रिया देखि नै नेपाललाई समर्थन गर्दै आएको र अहिले जारी भएकोमा खुशी ब्यक्त गरेको छ । नेपाल जर्मनीको एक अभिन्न मित्रको रुपमा रहनेछ । तराई क्षेत्रको हिंसात्मक आन्दोलनलाई वार्ताबाट समाधान गर्न आवश्यक भएको सुझाएको छ । राष्ट्रिय सहमति र एकताबाट नै यस्तो विषयमा उपलब्धी हासिल हुने भन्दे यसको प्रमुख उदाहरण नै अहिलको संविधान जारी हो । जर्मनले भुकम्पबाट माथि उठ्न ९० लाख भन्दा बढि युरो सहयोग गरिरहेको पनि जनाएको छ। हामी नेपालले सफलता चुमेको हेर्न आतुर छौं । यसैगरी युरोपेली युननियले पनि नेपालमा संविधान जारी भएको खुशी ब्यक्त गर्दै त्यसको स्वागत गरेको छ । युरोपेली युनियनको दक्षिण एसियाली डेलिगेसनको अध्यक्षले संविधान जारीले नेपालको विकास, स्थायीत्व र शान्तिको नया बाटो खुला भएको उल्लेख गरेको छ । नेपालको तराईरमधेसमा जारी हिंसात्मक आन्दोलनमा ज्यान गुमाएकाहरु प्रति दुख ब्यक्त गर्दै शान्तिपूर्ण वार्ताबाट समाधान गनृ आग्रह समेत गरेको छ । नेपालको संविधान जारी भएको र अल्पसंख्यकहरुको अधिकार सुनिश्चित भएको र हुदै जानेमा समेत उसले स्ष्ट धारणा राखेको छ । नेपालको हित र विकासको लागि सकारात्मक साथ युरोपको सधै रहेने समेत उल्लेख गरेका छन । यसअघि चीन, जापान, पाकिस्तान, नर्वे लगायत मुलुकले संसिधानको स्वागत गरिसकेका छन् । उनीहरुले साथ र समर्थन रहेको भन्दै त्यसको स्वागत गरेका छन् ।

Post a Comment

 
Top