0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका सचिव शंकर पोखरेलले नयाँ संविधानले विभिन्न समयमा भएका परिर्वतनलाई संस्थागत गर्न सफल भएको बताएका छन् । नयाँ संविधान जारी भएको खुशीयालीमा सभाषद् एवं संविधान सभा विकास समितिका सभापति रविन्द्र अधिकारीको आयोजना तथा नेकपा एमाले क्षेत्र नम्वर ३ कास्कीको ब्यवस्थापनमा मंगलबार पोखरामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै गणतन्त्र, समावेशीता र लोकतन्त्र स्थापित भएको बताए । उनले तराईमा केही असन्तुष्टि देखिएको बताउँदै विवाद देखिएको क्षेत्रमा अलगै प्रदेशको ब्यवस्था गरिएको स्पष्ट पारे ।
 
उनले अव क्षेत्र विस्तारको कुरा मान्य नहुने भन्दै भने–‘कुनै क्षेत्र मेरोमा आउनुपर्छ भन्ने हुदैन, त्यहाँका जनताको भावना अनुसार हुन्छ ।’ नेता पोखरेलले तराईको आन्दोलन जायज वा नाजायज छ भन्ने स्पष्ट छ, सवै अधिकार सम्पन्न भएका छन्, तराईका जनताको अधिकार पनि शासन सत्तामा स्थिापित भएका छन् भने । संविधान गतिशिल दस्तावेज हो, शिला हैन, परिर्वतन हुन नसक्ने । त्यसैले वाताको टेबलबाटै समस्याको समाधान गरांै ।’ सभाषद् एवं संविधान सभा विकास समितिका सभापति रविन्द्र अधिकारीले उत्कृष्ट र समावेशी संविधान बनेको दावी गदै संविधानमा केही कुरा अपुग र छुटेका हुनसक्छन्, परिमार्जन गर्न सकिन्छ । उनले राजनीतिक दलका नेताहरुको उच्च सुझबुझले देशले संविधान पाएको उल्लेख गर्दै नयाँ राजमार्ग बनेको र सवै समेटिने विश्वास व्यक्त गरे । चियापान कार्यक्रममा कास्कीबाट निर्वाचत सभाषद्, एमाओवादी नेता जर्नादन शर्मा, एमाले, काँग्रेस, एमाओवादी नेता तथा कार्यकता, बृद्धिजीवि, शिक्षक प्राध्यापक, अधिकारकर्मी लगायताको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top