0
गोल्डेन न्यूज संवाददाता
फ्रान्सको चर्चित टुर दी फ्रान्स साइकल यात्राको झल्को दिलाउने गरी पोखरामा पनि त्यस्तै प्रकारको बृहत् साइकल ¥याली हुने भएको छ । मुटु स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था जयन्ती मेमोरियल ट्रष्ट टुर दी पोखरा मूल आयोजक समितिको संयुक्त आयोजनामा यही असोज १२ गते पोखरामा साइकल ¥याली हुन लागेको हो ।
सोही दिन परेको विश्व मुटु दिवसको अवसरमा स्वस्थ मुटु सबैका लागि, जहिले पनि जहाँ पनि भन्ने नाराका साथ जनचेतनामूलक साइकल ¥याली गर्न लागिएको टुर दी पोखरा मूल आयोजक समितिका संयोजक निरज थापाले बताए । पोखरालाई साइकल मैत्री शहर बनाउन र मुटु स्वास्थ्यका लागि साइकलको महत्वका बारेमा जनचेतना जगाउनका लागि यो कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘पोखरामा पनि साइकल पर्यटनको माध्यमले आर्थिक सामाजीक, वातावरणीय हरेक रुपका विकासमा समेत प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्नेमा हामी पूर्ण विश्वस्त छौं ।’ थापाले भने–‘साइकलको प्रयोगले स्वास्थ्य, वातावरण र पर्यटनमा प्रत्यक्ष सुधार ल्याउने देखिएकाले यसको लोकप्रियतासँगै पोखरामा पनि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ पोखरा सभागृहबाट सुरु हुने ¥याली सिर्जनाचोक, सिमलचौर, रत्नचोक, एयरपोर्ट, मुस्तांगचोक, विरौटाचोक, छोरेपाटन हुँदै पुनः विरौटाचोक, शहिदचोक, लेकसाइड, हल्लनचोक, जिरोकिमी, बाग्लुंग बसपार्क, हरिचोक, सिम्पानी, बगर, विन्ध्यवासिनी, नालाकोमुख, तेर्सापट्टी, महेन्द्रपुल, रानीपौवा, माटेपानी, भद्रकालीचोक, मियाँपाटन, अमरसिंहचोक, रामबजार, बुद्धचोक, पोखरा रंगशाला, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पुनः पोखरा सभागृह मै पुगेर टुंगिने साइकल सिटी पोखराका अध्यक्ष दिलिपराज श्रेष्ठले जानकारी दिए । ¥यालीमा २ सय ५० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने अनुमान गरिएको छ ।
अहिलेसम्म करिब १ सय ९० जनाले सहभागिता जनाउने निश्चित भैसकेको र अन्यले समेत नाम दर्ता गर्ने क्रम चलिरहेको श्रेष्ठले बताए ।¥यालीमा सहभागि हुनका लागि ३ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने साइकल र साइकलिंगका लागि आवश्यक पर्ने सामग्रिको आफैं व्यवस्था गर्नुपर्नेछ । आयोजकले सहभागी सबैलाई ज्याकेट र अन्य सुविधा प्रदान गर्नेछ । कार्यक्रममा विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागिता रहनेछ ।
फ्रान्समा १ सय १२ बर्ष अघिदेखि सुरु भएको टुर दी फ्रान्सको मोडलमा उही ¥यालीलाई झल्को दिने गरी यो कार्यक्रम आयोजना गरिएको जयन्ती मेमोरियल ट्रष्टकी व्यवस्थापक आज्ञा खाँडले जानकारी दिईन् ।यो कार्यक्रमलाई यसैबर्षदेखि निरन्तर संचालन गर्ने आफूहरुको योजना रहेको साइकल सिटी पोखराले जनाएको छ । ट्रष्टले बर्षको दुई पटक पोखरामा निःशुल्क मुटु जाँच शिविर समेत आयोजना गर्दै आएको छ ।
‘हामीले असहाय र आर्थिक अवस्था कमजोर भएकाहरुलाई निःशुल्क मुटु रोगको परीक्षण र उपचारमा सघाईरहेका छौं ।’ ट्रष्टकी व्यवस्थापक आज्ञा खाँडले भनिन्– ‘मुटु स्वस्थ्य राख्नका लागि व्यायाम आवश्यक रहने र त्यसका लागि साइकल यात्रा अझै महत्वपूर्ण भएकाले यस कार्यक्रममा सहयोग गरेका हौं ।’ पोखरामा आयोजना हुने शिविरमा एक पटक डा. भगवान कोइराला र अर्को पटक विदेशी संस्थाका चिकित्सकहरुद्धारा मुटु जाँचको व्यवस्था मिलाईएको उनले बताईन् ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मार्फत् पनि ट्रष्टसँग सहकार्य गरी काठमाडौंका मुटु अस्पतालमा असहाय र कमजोर आर्थिक अवस्था भएका बिरामीहरुको उपचारमा सहयोग गरिरहेको उनको भनाई थियो ।

Post a Comment

 
Top