0
गोल्डेन न्यूज संवाददाता
विश्व बन्यजन्तु कोष  (डब्लु डब्लु एफ) ले  प्रदान गर्ने विश्व वन्यजन्तु संरक्षण पुरस्कार, २०१५ बाट पत्रकार शिव शर्मा चञ्चल कसम्मानित भएका छन् । राष्ट्रिय संरक्षण दिवसको अवसरमा विहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो । पुरस्कारको राशी नगद रु २५ हजार र सम्मानपत्र रहेको छ । कोषले प्रत्येक वर्ष संचार क्षेत्रबाट संरक्षणमा योगदान पु¥याउने पत्रकारलाई डब्लु डब्लु एफ संचार संरक्षण पुरस्कार प्रदान गर्दै आएको छ ।
 
कान्तिपुर राष्ट्रिय दैनिकका पोखरा स्थित संवाददाता शर्माले संरक्षण सम्बन्धी समाचार तथा लेख प्रकाशन गरी योगदान पुराएको भन्दै सो अवार्ड दिइएको कोषले जनाएको छ । वन वातावरण, जैविक विविद्यता तथा वन्यजन्तुको क्षेत्रमा कलम चलाउने देशभरबाट एक पत्रकारलाई छनौट गरी यो पुरस्कार प्रदान गर्ने प्रचलन छ ।  शर्मा बिगत डेढ दशक भन्दा बढी समयदेखि पोखरामा रहेर पत्रकारिता गदै आएका छन् । उनले वन्यजन्तु, वातवारण तथा पर्या–पर्यटनको विषयमा कलम चलाउदै आएका छन् । त्यसै गरी संरक्षणमा योगदान पुर्याउने अन्य व्यक्तित्वलाई  पनि सो समारोहमा पुरस्कृत गरिएको थियो । शर्माले यसै  वर्ष अर्को राष्ट्रिय स्तरको पुरस्कार पनि प्राप्त गर्न सफल भएका छन् । नेपाल वातावरण पत्रकार समुहले  हरेक वर्ष प्रदान गर्ने  वातावरण पत्रकारिता पुरस्कार पनि शर्माले पाएका हुन । यो पुरस्कारको राशी पनि २५ हजार रुपियाँ नगद र प्रमाण–पत्र रहेको छ । समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवस जुन ५ को दिन अघिल्लो वर्षभरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा उत्कृष्ट लेख–रचनाहरु प्रकाशित प्रसारित गर्र्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्दछ । पत्रकार शर्माले यस अघि लाटोकोसेरा तथा हुचिल उत्सवको अवसरमा राष्ट्रिय  स्तरको प्रकृति संरक्षण पुरस्कार  पाइसकेका छन् ।

Post a Comment

 
Top