0
पर्वत जिल्लामा लघु तथा घरेलु उद्यमीको सङ्ख्या झन्डै दुई हजार पुगेको छ । विभिन्न संस्थाबाट आयमूलक तालिम लिएर व्यावसायिकरुपमा उद्यम सञ्चालन गर्ने उद्यमीको सङ्ख्या एक हजार ९२० पुगेको हो । ग्रामीण क्षेत्रमा रहेर स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी उद्यम खोल्ने र स्वरोजगार सिर्जना गर्दै पर्याप्त आयआर्जन गर्ने उद्यमीको सङ्ख्या बढ्दै गएको हो ।
 
ती उद्यमीले ग्रामीण क्षेत्रमा रहेर व्यावसायिक तरकारीखेती, कुखुरापालन, बाख्रापबालन, माहुरीपालन, अल्लोका कपडा बुन्ने तालिम तथा बाँस निगालाका सामग्री उत्पादन गर्दै आएका छन् । ग्रामीण क्षेत्रमा रहेर ५० किसिमका उद्योग सञ्चालनमा आएको उद्यम विकास समितिकी कार्यक्रम संयोजक सीता शर्माले जानकारी दिनुभयो । उहाँले विभिन्न निकायबाट तालिम लिएर सञ्चालन गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै गएको बताए ।     जिल्लाका ग्रामीण क्षेत्रमा रहेका लघु उद्यमीमध्ये ९८७ जना उद्यमी सक्रिय भएका छन् । त्यस्तै, ४५१ जना उद्यमी निस्क्रिय भइसकेका छन् भने ४८३ जना उद्यमी अर्धसक्रिय रहेका छन् । उनीहरूले सिजनअनुसार उद्योग सञ्चालन गर्दै आएका छन् ।  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडेप÷ मेड्पाको सहभागितामूलक कार्यक्रमअन्तर्गत आव २०७१÷७२ मा रु ४९ लाख १८ हजार खर्च गरिएको छ । गत आवमा जिल्लाका ६५० जना निस्क्रिय उद्यमीलाई स्तरोन्नति गरिएको छ । कार्यक्रममार्फत जिल्लाका विभिन्न गाविसमा सात वटा सुविधा केन्द्र निर्माण गरी सञ्चालनमा आएका छन् भने चार वटा निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको एउटा साझा सुविधा केन्द्र रहेको संयोजक शर्माले जानकारी दिए । ग्रामीण क्षेत्रमा उद्यमीको विकास भएपछि गरिबी निवारणमा टेवा पुगेको छ ।     पर्वत जिल्लामा झन्डै दुई हजारभन्दा बढीको सङ्ख्यामा लघु उद्यमी रहे पनि उनीहरूको उत्पादन र सेवा जिल्लाकै लागि पर्याप्त नभएको पाइएको छ । उद्यमी लगानीको अभाव, बजारको समस्या र कच्चा पदार्थको अभावजस्ता कारणले मौसमी र निर्वाहमुखी व्यवसाय गर्दै आएको अवस्थालाई मध्यनजर गर्दै उद्यमी तयार गर्नुपूर्व उसका लागि आधारभूत कुराको पनि व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । यसैबीच, जिल्ला उद्यम विकास समिति र लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय पोखराको आयोजनामा आव ०७१÷७२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरले उद्यमीको क्षेत्रमा ठूलो मात्रामा बजेट खर्च भए पनि प्रभावकारी नभएको बताए । रासस

Post a Comment

 
Top