0
गोल्डेन न्यूज संवाददाता
पोखरा ११ असोज ।

गोल्डेन न्यूज दैनिकमा कार्यरत पत्रकार हरि पन्तलाई लायन्स क्लव अफ पोखरा पिस चौतारीले सम्मान एवं पुरस्कृत गर्ने भएको छ । क्लवको सोमबार सम्पन्न बैठकले पहिलो पटक पोखराका युवा पत्रकार पन्तलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको क्लवका निवर्तमान अध्यक्ष डा. विष्णुप्रसाद चापागाइँले जानकारी दिए । यहि असोज १३ गते बुधबार पोखरामा हुने क्लवको १०औं पदस्थापन कार्यक्रममा पत्रकार पन्तलाई सम्मान गरिने छ । पन्तलाई ११ हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान एवं पुरस्कृत गरिने डा.चापागाइँले बताए । पदस्थापन कार्यक्रम लायन्स क्लव अफ ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाको प्रमुख आतिथ्यतामा हुने छ । पदस्थापन कार्यक्रममा नयाँ २ क्लवको समेत उद्घाटन गरिनेछ । लायन्स क्लव अफ पोखरा पिस चौतारी नेपालमै उत्कृष्ट १० भित्र पर्न सफल भएको क्लव हो । क्लवले यसवर्षमात्र डिष्ट्रिक्टबाट उत्कृष्ट सोसियल सर्भिस अवार्ड र वेष्ट प्रिसिडेन्ट अवार्ड समेत पाउन सफल भएको छ । समग्र लायन्स गतिविधि सहित विशेष गरी लायन्स क्लव अफ पोखरा पिस चौतारीको गतिविधिलाई प्रचार–प्रसारमा योगदान गरेबापत पत्रकार पन्तलाई सम्मान गर्न लागिएको क्लवले जनाएको छ । बैठक लायन्स क्लव अफ पोखरा पिस चौतारीको लायन्स वर्ष २०१५÷ २०१६ का अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । धादिङ आगिन्चोक निवासी पन्त पोखरामा ९ वर्षदेखि पत्रकारिता गर्दै आइरहेका छन् । उनी यसअघि दमौली रेडियो तनहुँ, सत्यवाणी साप्ताहिक स्याङ्जा र बाग्लुङ कालिका भगवती मन्दिर गुठीद्वारा सम्मानित भैसकेका छन् ।

Post a Comment

 
Top