0
आकस्मिकता र जादुगरी तिलस्मी परिघटनाहरु नेपाली समाजको पहिचान बनी सकेको छ । अझ हरेक ऐतिहासिक घटनाहरु मध्ये रातमा हुने हाम्रो साझा नियती यसपाली साँझ पर्दा नपर्दै महामहिम राष्ट्रपतिद्वारा संघीय लोकतान्त्रिक नेपालको संविधान २०७२ को घोषणासँगै तोडिन पुगेको छ र नेपाली राजनैतिक इतिहासको एउटा भद्दा युगको अन्त्यसँग नविन युगको शुभारम्भ भएको छ । यसपाली धेरै नेताहरुले जीवनका पापहरु पखाल्ने र आफुलाई शुद्ध बनाउने सुनौलो मौका समेत प्राप्त गरे । अझ विशेषत भारतीय प्रभुत्ववाद या क्षेत्रिय विस्तारवादको इशारामा फेरी मार्ने लालची, पदलोलुप, दाश मानसिकता र पराजित आत्माबल बोकेका नेताहरुले भारतीय शासकहरुका दबाब र बलमिच्याईको बेवास्ता गर्दै अन्ततः संविधान सभाबाट नेपालको संविधान जारी गरी नयाँ राजनैतिक सद्भाव र एकताको सन्देश समेत दिन भ्याए ।
 
जो हाम्रो अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको लागि सुखद कुरो पनि हो । नेपालीका साझा समस्या, दुःख र अप्ठ्यारासँग डटेर लड्न नेपाल आपैm सक्षम रहेको सन्देश समेत यसपाली नेपाली राजनीतिले विश्वलाई दिन सकेको छ । छिमेकका घरमा सधैं कल, झगडा, लडाईँ गराउने र त्यसको फाइदा लुट्ने भारतीय विस्तारवादको तराईमा चलिरहेको आत्माघाती, राष्ट्रघाती र जमिन्दार महासामन्तहरुको आन्दोलनको नाममा नेपालको संविधान र शान्तिलाई भड्खारोमा खसाउने मनसाय धुलिसात बन्न पुगेको छ । सत्तरी वर्षको बुढो इतिहास बोकेको संविधान सभाबाट जनताका प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने एउटा सपना साकार भएको छ । जातजाती, भाषा, भाषी, भुगोल, धर्म संस्कार संस्कृति, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, नागरिक हक, अधिकार आदि आदिका बारेमा अझ अग्रगामी बन्न सक्ने ठाउँ हुँदा हुँदै पनि यो संविधानको दायरा साँघुरो देखिन्छ, यद्यपि संविधानका अन्तर वस्तुमा प्रवेश गर्दा यो भोकमा प्राप्त बासी भात हो । भोकको तृप्तीको लागि काफि छ परन्तु स्वास्थ्यको हिसाबले बासी भात खतरनाक साबित हुन सक्छ । तीन दलीय सिन्डिकेटले बेलैमा बुभ्mनु पर्ने कुरा छ । माओवादी विद्रोहले निर्माण गरेको राजनैतिक धु्रविकरण अनि परम्पराको माखेसाङ्लो समाएर सामान्ती राजतन्त्रको फेरी मारिरहेका काँग्रेस, एमालेले अन्ततः गरेको त्याग र समर्पणले निर्माण गरेको नयाँ समिकरण, २०६२।०६३ को बसन्त विद्रोहले राजनैतिक अधिकारको किनारामा हुत्याइएको राजतन्त्र आदि–आदि ऐतिहासिक परिघटनाको जगमा माओवादी, काँग्रेस र एमालेबीचको विस्तृत शान्ति सम्झौता र संविधान सभाको पहिलो र दोस्रो निर्वाचनले निर्माण गरेको संविधान सभाले क्षेत्रिय विखण्डनवादी, विदेशी प्रभुत्ववादी विशेषत भारतीय विस्तारवाद, जातीय र धार्मिक अन्धतालाई नजरअन्दाज गरी मुलुक र नागरिकको अखण्डता र सपनालाई जसरी संविधान सभाबाट असोज ३ गते ठूलो शाहस र चुनौतीको सामना गर्दै संघीय लोकतान्त्रिक नेपालको संविधान २०७२ जारी गरेका छन् त्यो एउटा ऐतिहासिक कदम थियो ।
 
संविधान आपैmमा पूर्ण दस्तावेज हुन सक्दैन समय र आम शोषित उत्पीडित जनताको विद्रोहले रुपान्तरित या खारेज गरिने एउटा लिखित दस्तावेज मात्र हो । यस अर्थमा अहिले जारी भएको संविधान विरोधको लागि विरोध नगर्ने हो भने यसका अन्तरवस्तुमा रहेका धेरै कुरा ऐतिहासिक छन् र नागरिकको सर्वोच्चताको लागि ती सकरात्मक पनि छन् यद्यपी अहिले तराई, पुर्वी पहाड, थारुसमुदाय, दलित र केही जनजातीका अगुवाहरुले जुन हठ र हिंसाको आडमा विदेशी प्रभुत्ववादीहरु र नेपाललाई अस्थिर र गरिब बनाउन चाहनेहरुको बाहुबल र धनबलमा वितण्डा मच्चाईरहेका छन् तिनले ग्रहण गर्नुपर्ने, मनन गर्नुपर्ने थुप्रै कुरा छन् जो जनताको त्याग बलिदान र तपस्याले प्राप्त भएको छ । पाइन्टमा मुतेर केही क्षण तातोको महशुस त गरिएला त्यसले सिङ्गो पुष जाँदैन । तीन कोटी नागरिक, एकसय पच्चिस जाती र त्यतिकै सङ्ख्यामा रहेका भाषाभाषीहरु अनि धार्मिक र साँस्कृतिक विविधताले भरिपूर्ण मुलुकमा धमिलो पानीमा माछा मार्न आप्mनो निकृष्ट सदिच्छाको खातिर एउटा पक्षलाई उचालेर सडकमा आगो बाल्न र ढुङ्गा मुढाको राजनीति गर्न सजिलो छ । विदेशीका धनबलमा आप्mना सन्तानको भविष्य सिमापारी सुरक्षित राखी यता राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई क्रय विक्रय या लेनदेनको विषय बनाउन सजिलो छ । आप्mनो अधिकार, हक र पहिचान खोज्नेले अरुको पनि सम्मान गर्नु जरुरी छ नत्र सडकमा आगो बाल्नु, निहत्या नागरिकलाई बलिको बोको बनाउने प्रवृत्ति त्यो आप्mनै लागि खतरनाक साबित हुनेछ । र निशेधको राजनीति गर्ने र सदनमा रहेका साना दलको मानमर्दन गर्ने तीन दलिय सिन्डिकेट पनि सहमति र सहकार्यको राजनीतिको लागि उत्तिकै खतरनाक देखिन्छ । असोज ४ गतेको खुल्ला मञ्चको कार्यक्रममा ठूला भनिएका दलले संविधानको खातिर ताली बजाउने र त्यसमा हस्ताक्षर गर्ने साना दललाई जुन शैलीमा तिनको अस्तित्वलाई नजरअन्दाज गरेका छन् त्यसले संविधानले निर्दिष्ट गरेका कुनै पनि बाचाको पालना र त्यसको कार्यान्वयनमा चुनौती थप्न सक्छ ।
खुनी चेहेरामा भारतः
 
मधेशमा आन्दोलनको आगो दनदनी बलिरहेको थियो । पश्चिम कैलालीबाट शुभारम्भ भएको निहत्या सुरक्षाकर्मीको निर्मम हत्या गर्ने खतरनाक नृशंसता त्यो पुर्वी तराईसम्म कसले योजनावद्ध रुपमा रुपान्तरित ग¥यो ? मधेशका क्षेत्रिय दलहरुको राजनैतिक उचाईमा परेको खडेरीले दोस्रो संविधान सभाको चुनाव पछि निरन्तर मधेशमा तिनको अगुवाई र उचाईको विस्तारको लागि कसले तन, मन र धनले सहयोग गरिरहेको थियो ? जब नेपालमा हिंसा व्याप्त थियो तब भारत शान्तिको नाउँमा, मेलमिलाप र समस्याको समाधानको नाउँमा गोहीको आँसु बगाईरहेको थियो । गत वर्ष मात्र आप्mनो पहिलो विदेश भ्रमणको रोजाईमा पशुपतिनाथ र बुद्धको देशको उपमा दिँदै आफुलाई नेपालको असल छिमेकको दुवाई दिँदै नेपाल भ्र्रमणमा आएका मोदीले एकवर्षको अन्तरालमा आफुलाई शिकारी ब्वाँसोको स्वरुपमा रुपान्तरित गरेका छन् । जब नेपालमा संविधान जारी हुने र स्थायी शान्ति हुने छनक भारतीय सरकारले प्राप्त ग¥यो तब उसले तराईमा आगोको खेती रोप्न आप्mना गुप्तचरहरुलाई नेपालीको आवरणमा नेपाल भूमीमा राजनीतिको कर्मकाण्ड चलाई रहेका दलाल र भष्टहरुलाई उक्साउन खटाउने काम ग¥यो । भारतीय सरकारका विशेष दुतको रुपमा संविधान निर्माणको लगभग टुङ्गो लागिसकेको समयको पुर्व सन्ध्यामा नेपाल भ्रमणमा आएका जयशंकरले नेपाली नेताहरुलाई घुमाउरो पाराले तराईको आन्दोलनको नाममा संविधान निर्माणको कामलाई रोक्ने हुकुम दिए जसलाई इन्कार गरेर पछिल्लो समय नेपाली राजनीतिज्ञले नेपालको हकमा भारतीय हस्तक्षेप मान्य नहुने जुन दृढता प्रदर्शन गरेका छन् त्यसको उपज भारतले नेपालको नयाँ संविधानलाई स्वागत गर्न इन्कार गरेको छ र पछिल्लो पटक नाकाबन्दी गर्ने तहको निकृष्टता समेत भारतले विज्ञप्ती मार्पmत फिँजाएको छ । यसले पुष्टि गर्छ भारत नेपालको कति असल छिमेकी रहेछ ? तराईमा चलेको माग बिनाको आन्दोलन कसको नियतले चलिरहेको छ । तराई आन्दोलनको रिमोट भारतको हातमा छ । बबुरा तराईका नाममा राजनीतिको जुवा खेल्नेहरु कसरी वार्तामा आउन सक्छन् ती देशद्रोही मुल्लाहहरुको चङ्गुलबाट मधेश क्षेत्रमा रहेका तमाम निर्धा निमुखा जनताको सुरक्षा गर्नु हाम्रो पहिलो दायित्व र कर्तव्य हुन आउँछ ।
 
असोज २५ मा बिहारमा हुने निर्वाचनको नाममा भारतीय सरकारले नेपाल प्रवेश गर्ने छोटी नाकामा गरेको कडाईले भारतीय दादागिरि र उसको नेपालप्रतिको विस्तारवादी नीतिलाई प्रष्ट पारेको छ । एकातिर आफुलाई मधेशका सच्चा भूमीपुत्र र मधेशी जनताको मुक्तिदाताको दुवाई दिने सिमापारीबाट प्रवेश गरेर यताको कमजोरीको फाइदा उठाएर पहुँचमा पुगेकाहरुले नेपाललाई नाकाबन्दी गर भनेर भारतीय प्रभुहरुसँग हारगुहार गर्नु र छिमेकको आन्तरिक मामिलालाई लिएर अर्ति उपदेश र हुकुम दिने भारतीय पक्षले तराईको समस्याको कारण नेपालमा आपूर्ती समस्या हुन सक्ने सङ्केत र त्यसको तयारी गर्नु आपैmमा गम्भीर विषय हो । भारत स्वयम् आफुलाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक ठान्छ तर उसको छिमेक नीति विशेषत दक्षिण एशियाका साना राष्ट्रहरुप्रतिको उसको हेपाहा प्रवृत्तिले उसको खुनी चेहेरा प्रष्ट भएको छ । आप्mनै मुलुकमा दशकौँदेखिको काश्मिर समस्या, दार्जि्लिङ क्षेत्रमा चलेको गोर्खाल्याण्ड आन्दोलन, यतिबेला गुजारातमा चलिरहेको पटेलहरुको आन्दोलन, झारखण्ड लगायतका प्रान्तमा दशकौँदेखि चल्दै आएको नक्सलवादी समस्या, बोडो र नागाहरुको संघर्षलाई निर्ममतासाथ दमन गर्दै आएको भारत आप्mनै देशका नागरिकलाई नागरिक हक दिन कञ्जुस्याईँ गरिरहेको अवस्थामा उसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी यो गर त्यो गर भन्नु असल छिमेकको कर्तव्य बन्न आउँछ आउँदैन ? पछिल्लो समय भारतले संविधानमा गर्नुपर्ने सात संशोधन जो प्रस्तुत गरेको छ त्यसले हरेक राष्ट्रवादी नेपालीको आत्मामा प्रहार गरेको छ । भारतलाई ज्ञात होस् नेपाल एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो तर भारत स्वयम् एउटा पराधिन मुलुक हो । ब्रिटिश साम्राज्यवादका विरुद्धको स्वतन्त्रता संग्राममा भारतले ठूलो मानवीय क्षति ब्यहोरेको इतिहास छ । पराधिन हुनुको पीडाबोध नेपाललाई कहिल्यै भएन तर भारतले त्यसको बोध गरेको छ । यस मानेमा ठूलो र बलशाली हुनुको अहम्मा भारतीय पक्षले अन्तराष्ट्रिय संघसंस्था, सन्धि, नियम कानुन र मुल्य मान्यतालाई लत्याएर नेपाल मामिलामा नेपालको दिगो शान्ति र यहाँको प्रगतिमा बाधा हाल्नु त्यो निन्दनीय कार्य हो । प्रविधि र खुल्ला बजार अर्थतन्त्रले निर्माण गरेको एकअर्काप्रतिको परनिर्भरता र निकटतालाई भारतले आवेगमा आएर तोड्नु स्वयम् भारतको लागि नै आत्माघाती साबित हुनेछ । अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा दुईदिनमा भारतीय पक्षको हेपाहा प्रवृत्तिप्रतिको जुन आक्रोस चुलिएको छ । दुईदिनमा चौबिस लाख प्रयोगकर्ताले भारतको नेपाल नीतिको खुलेर विरोध र आक्रोस पोखेका छन् त्यसले प्रष्ट पारेको छ । भारतले २०४५ सालतिरको नेपालको अवस्था र अन्तराष्ट्रिय समर्थन र देशको आन्तरिक स्वरुप तथा चीनसँगको सिधा यातायात सेवाले नेपाल नुन तेल खान नपाएर मर्ने अवस्था अवश्य रहनेछैन भन्ने सत्यलाई आत्मासाथ गर्नु जरुरी छ । असल छिमेकले छिमेकमा आगो लाग्दा निभाउन पानी लिएर जानुपर्ने कर्तव्य बिर्सेर पेट्रोल बोकेर छिमेकको आगोमा खेल्न खोज्नु आपैmमा आत्माघाती कदम हुनेछ । चेतना भया ! साभार ः जनमञ्च

Post a Comment

 
Top