0
गोल्डेन न्यूज संवाददाता
युवा वौद्ध संघ पोखराको २० औं वार्षिकउत्सव शनिवार धर्मशीला बुध्द बिहार नदीपुरमा सम्पन्न भयो ं। कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष किरणलाल श्रेष्ठले तथागत बुद्धको प्रतिमा सामु दीप प्रज्वलन गरी सो समारोहको उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ध्यान भावनाको अभ्यास नगरिकन बद्ध शिक्षालाई महसूस गर्न नसकिने बताए । बुद्ध शिक्षालाई व्यवहारिक रुपमा जीवनमा उतार्नका लागि युवाहरू पनि ध्यान भावनाको अभ्यास तिर लाग्नुपर्नेमा उनले जोड दिए ।  कार्यक्रममा त्रिरत्न गुम्बाका प्रमुख लामा मीन गुरूले बद्धको उपदेश अनुसार राग, द्देष र मोहको कारण ले तृष्णा उत्पन्न हुने र तृष्णा रहेसम्म दुःखबाट मुक्त हुन नसकिने भन्दै तृष्णाबाट मुक्त हुनका लागि मैत्री करूणा र उपेक्षाको भावना विकास गर्दै लानुपर्नेमा जोड दिए ।
बुद्ध जयन्ती समारोह समिति का अध्यक्ष नरेन्द्र लालचनले युवा बर्गलाई धार्मिक क्रियाकलापमा संलग्न गराउन, एउटा ठूलो चुनौतिको बिषय बन्न गएको भन्दै धार्मिक तथा सामाजिक संघ संस्थाहरूले युवाहरूलाई आकर्षित गर्नका लागि परम्परागत शैलीलाई सुधारेर समय सापेक्ष नयाँ–नयाँ शैलीलाई अपनाउँदै जानुपर्नेमा जोड दिए ।
सो अवसरमा दायक सभाका अध्यक्ष कृष्ण मान गुभाजू, धर्मोदय सभा कास्कीका अध्यक्ष प्रकाश उदास, युवा वौद्ध संघका संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्य, युवा वौद्ध संघका पूर्व अध्यक्ष विनोद शाक्य, बाल मन्दिर मा.वि.का सुशिल बस्नेत लगायतले आ–आफ्ना भनाइ राखेका थिए । सो बार्षिकोत्सव समारोहमा युवा वौद्ध संघलाई  स्थापना कालदेखि सक्रिय बनाउनको लागि विशेष भूमिका निर्वाह गरेका भू.पू. अध्यक्ष बिनोद शाक्यलाई सम्मान गरिएको थियो । त्यसैगरी आकस्मिक रक्तदाताद्वय अक्षय कुमार श्रेष्ठ र आशिष श्रेष्ठ लगायतलाई स्वास्थ्य शिविर, आँखा शिविर, रक्तदान, योग, धर्म देशनामा तथा अन्य विविध धार्मिक तथा सामाजिक कार्यहरूमा योगदान गर्ने संयोजक, चिकित्सक प्रविधिक, सौजन्य कर्ताहरूलाई पनि सम्मान गरिएको थियो ।
युवा बौद्ध संघका अध्यक्ष राकेशमान बुद्धाचार्यको सभापतित्वमा संचालित कार्यक्रममा  संयोजक गीता नेपालीले स्वागत र सचिव सुसन पौड़ेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ज्ञानमाला संघको तर्फबाट ज्ञानमाला भजन तथा अनागारिका गुरूमा‘ कर्मशीला समक्ष पञ्चशील प्रार्थना गरी शुभारम्भ भएको सो समारोह पुण्यानुमोदन गरी समापन गरिएको थियो । मोहरियाटोल निवासी उपासिका तुमलादेवी बुद्धाचार्यले स्व.पुष्कर मान बुद्धाचार्यको सम्झनामा भोजन सौजन्य गरेकी थिइन ।
त्यसैगरी  धर्मोदय सभा, दायक सभा, ज्ञानमाला संघ, वौद्ध उपासिका संघ, मैत्री संघ, वौद्ध अर्धौ सदन, विश्व शान्ति स्तुप, सुन चाँदी ब्यवसाय संघ कास्की, ज्ञानमार्ग स्वतन्त्र महिला समूह, सद्धर्म सभा धर्म संघ बिहार लगायत दर्जनौं संघ संस्था का पदाधिकारी सदस्य एवं ठूलो संख्यामा उपासिक उपासिकाहरूको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top