0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको आन्तरीक मामिलामा हस्तक्षेप नगर्न छिमेकी देश भारतलाई चेतावनी दिएका छन् । कास्की क्षेत्र नम्बर ४ वाट निर्वाीचत सभासद् सिता गिरीले संविधान जारी भएको खुशीयालीमा विहिबार पोखरामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता नेपालले नाङ्गो रुपमा नभई कुटनीतिक मर्यादा राखेर मात्र सुझाव दिन भारतलाई आग्रह गरे । ‘हाम्रो समस्या समाधान गर्न हामी आफै सक्षम छौं, उनले भारतप्रति इंगित गर्दै भने–‘शक्ति छ भन्दैमा छिमेकीको भावनामा ठेस पु¥याउने काम नगर्नुस, राम्रो मित्र बनेर निःस्वार्थ रुपमा सहयोग गर्न आग्रह गर्दछु ।’ नेता नेपालले कसैले थोरै कसैले धेरै सहयोग गर्छ, धेरै सहयोग गरे भन्दैमा ह्याकुलाले अठ्याउन पाइँदैन् भने । उनले परिपक्व छिमेकीबाट अपरिपक्व ब्यवहार भएको भन्दै असल मित्र बन्न भारतलाई आग्रह गरे । उनले भारतका विरुद्धमा नेपालमा कुनैपनि गतिविधि हुन नदिन प्रतिबद्ध रहेको बताउदै निस्वार्थ सहयोग गरे स्वागत गर्न तयार रहेको बताए । नेता नेपालले संविधानले मधेशलाई उच्चतम महत्व दिएर मधेशका मागलाई सम्वोधन गरेको बताए । ‘धेशआन्दोलनले नै संघीयताको मुद्धाले अन्तरीम संविधानमा प्रवेश पाएको हो,’ उनले भने–अहिलेको संविधानले संघीयतालाइ सुनिश्चित गरेको छ, यो मधेशको जीत हो ।’ माग सम्वोधन गर्ने नाममा अंगिकृत नागरिकता लिएका व्यक्ति पनि सरकारको उच्च पदमा निर्वाचत हुन पाउने अधिकारी दिन नसकिने बताए । ‘सबैको सबैकुरामा पुरै चित्त बुझेको छैन,’ उनले भने–‘राप्रपा नेलालको माग पुरा गराउन राजसंस्था फर्काउन र राष्ट्रिय जनमोर्चाको मागलाई पुरा गर्न संघीयता छाड्न सकिदैन । सम्झौताको दस्तावेजमा सबैका कुरा हुवहु अटाउन सक्दैनन् ।’ आन्दोलनररत मधेशवादी दलहरु प्रति इंगित गर्दै नेता नेपालले कसैको उक्साहटमा नलाग्न र संविधानले दिएको अधिकारलाई आत्मसाथ गर्न आग्रह गरे ।नेपालले संविधान निर्माणले सम्पूर्ण नेपालीको जीत भएको बताए । ‘संविधान सबैको प्रयासको उपज हो,’ उनले भने–‘संविधानलाई नेपालीको जनताको सफलता र उपलब्धिका रुपमा सबैले लिनुपर्दछ ।’ सभासद् सिता गिरीले नेपालीको यथार्थतालाई संविधानले समेटको बताउँदै अव मुलुकलाई समृद्धि बनाउनतर्फ प्रमुख दलहरुबीच कार्यगत एकता आवश्क भएको बताए ।
 
यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न क्षेत्रबाट भारतका बिषयमा अनावश्यक टिकाटिप्पणी गरिएकोमा आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । यादवले आज विज्ञप्ति जारी गर्दै छिमेकीका हिसाबले नेपालका समस्यामा भारतले चासो देखाएको भन्दै यसमा भारतलाई बद्नाम गर्ने कोसिस गरिएको बताएका हुन् । ‘पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलन लाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्रले नेपाल सरकार, कतिपय मिडिया, विभिन्न पार्टीका नेता र विभिन्न क्षेत्रबाट छिमेकी मुलुक भारतविरुद्ध भइरहेको द्वेषपूर्ण टिकाटिप्पणी एवं व्यक्तव्यबाजीप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । ’शदियौंदेखि कायम रहेको नेपाल(भारतको मित्रवत सम्बन्धलाई प्रतिकूल असर पर्ने गरी भइरहेको क्रियाकलापप्रति दुःख व्यक्त गर्दै कहीँकतैबाट यसप्रकारका नकारात्मक टिकाटिप्पणी नगर्न फोरम नेपाल अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा ’न्यायोचित अधिकार प्राप्तिका लागि उठेका नेपाली जनताको आवाज सुन्न सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको सन्दर्भमा छिमेकीको हैसियतले भारतले त्यसमा चासो दिनु वा जायत माग सम्बोधनका लागि पहल गर्नु अन्यथा होइन,’ भनिएको छ । भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालले ठहर गरेको छ ।

Post a Comment

 
Top