0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको एभरेष्ट सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न १७औं साधारणसभा एवं अधिवेशनले शालिकराम भट्टराईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा हेरम्वर प्रसाद कोइराला, सचिवमा पवित्रराज रेग्मीका साथै सदस्यहरुमा कृष्ण प्रसाद आचार्य, गमबहादुर गुरुङ, तेजनारायण पराजुली, रविन्द्र भट्टराई, हाइसुवा गुरुङ, दिनेशचन्द्र बाँस्तोला रहेका छन् । यसैगरी संस्थाको लेखा समिति संयोजकमा नरेन्द्र बाँस्तोला र सदस्यहरुमा बलराम बराल र ऋषिराम भण्डारी रहेका छन् । यसअघि कार्यक्रमको उद्घाटन गदैै कामना विकास बैंकका अध्यक्ष राजेन्द्रनीधि कोइरालाले पोखराका सहकारी मध्ये एभरेष्ट सहकारी पुरानो मात्र नभएर सेवा प्रवाहमा समेत प्रभावकारिता देखाएको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रा.डा. राधेश्याम कायस्थ र खेमनाथ भट्टराई, शेयर सदस्य सुरेन्द्र प्रसाद सिग्देल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा अध्यक्ष भट्टराईले वार्षिक तथा लेखासमिति संयोजक कृष्णकान्त सिग्देलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको संस्थाका सदस्य तेजनारायण पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top