0
गोल्डेन न्यूज संवाददाता
 सेवा नै धर्म हो, सधैं मानवीय सेवामा लागि परौं भन्ने उद्देश्यका साथ स्थापित नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को आयोजनामा रामकृष्ण टोल पोखरा ४ निवासी कृष्णबहादुर श्रेष्ठ र सरुमाया श्रेष्ठको छोरा बुहारी हाल अष्टे«लियामा कार्यरत नविना श्रेष्ठको जन्मदिनको अवसरमा बृद्धाश्रम परिवारका बयोबृद्धालाई बिहानको खाना खुवाउनुका साथै खाद्यान्न समेत प्रदान गरियो । कार्यक्रममा वात्सायन बृद्धाश्रममा रहेका जेष्ठ नागरिक ८२ वर्षीय नारायणदत्त सापकोटा र ८१ वर्षीय एकमाया आचार्यलाई उपशाखा १०,११ का आजीवन सदस्य भीममाया पौडेल र उपशामखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठले फुलमाला लगाई जेष्ठ नागरिक सम्मान समेत गरिएको थियो । कार्यक्रममा रामकृष्णटोल पोखरा ४ निवासी कृष्ण बहादुर श्रेष्ठ र उपशाखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठ, हिरादेवी श्रेष्ठ र सरुमाया श्रेष्ठले बृद्धाश्रममा आवश्यक चामल २ बोरा, सोयाविन मस्यौरा ५ केजी, चिनी ५ केजी, चियापत्ती १ केजी, दाल ५ केजी, मसला १ केजी, नुन ६ पोका, विस्कुट ९ दर्जन, नुहाउने साबुन १ दर्जन, कपडा धुने साबुन १ दर्जन, दालमोठ, चिउरा, भुजा लगायतका करिब १५ हजार बराबरको खाद्यान्न सामाग्री वात्सायन बृद्धाश्रमका पण्डित युवराज वाग्लेलाई हस्तान्तरण गरी वृद्धाश्रममा रहेका १५ जनालाई खाना समेत खुवाएका थिए ।
 
कार्यक्रममा २०४५ साल आश्विन ९ गते पोखराको रामबजारमा जन्मनुभएका नविना श्रेष्ठको जन्मदिनको अवसर पारेर होटलमा गई भोज भतेर गर्नुभन्दा जेष्ठ नागरिक सम्मानका साथ खाद्यान्न वितरण र खाना खुवाउँदा आफ्नो आत्मा समेत सन्तुष्टि हुने जन्मदिन परेकी नविना श्रेष्ठले फोनमार्फत बताइन् । कार्यक्रममा उपशाखा १०, ११ महिला समिति सदस्य धनमाया गुरुङ्ग, हिरादेवी श्रेष्ठ, सरुमाया श्रेष्ठ, रिना श्रेष्ठ, सविन्द्र श्रेष्ठ र निशिका श्रेष्ठको उपस्थिति रहेको कार्यक्रममा वात्सायन बृद्धाश्रमका पण्डित युवराज वाग्लेले यस्ता सहयोगीहरुको सहयोगले बृद्धाश्रममा रहेका बुबामुमाहरुको आत्मा सन्तुष्ट हुने र आफ्नै छोराछोरीलाई भेटेजस्तो लाग्ने बताउदै अझै सहयोगीहरुको सहयोगको आशा राखेको बताए । उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला समिति सदस्य धनमाया गुरुङ्ग र कार्यक्रमको संचालन सचिव सूर्यबहादुर बानियाँले गरेका थिए ।

Post a Comment

 
Top