गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री सुशील कोइरालाले ७० औं राष्ट्रसंघीय महासभामा भाग लिन जानु केही घण्टाअघि आफ्नो भ्रमण रद्द गरेका छन् । प्रधान मन्त्रीको सम्बोधनदेखि साइडलाइन बैठक समेत तय भइसकेको अवस्थामा मुलुकको परिस्थितिलाई हेरेर उनको भ्रमण रद्द भएको हो । उनी १८ सदस्यीय सरकारी र केही आफ्नै खर्चमा जाने नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका प्रधानमन्त्रीको सट्टा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह जाने भएका छन् । टोलीको नेतृत्व अब उप्रधानमन्त्रीले नै गर्नेछन् । प्रधानमन्त्री सुशील कोइरालाले ७० औं राष्ट्रसंघीय महासभामा भाग लिन जानु केही घण्टाअघि आफ्नो भ्रमण रद्द गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनदेखि साइडलाइन बैठक समेत तय भइसकेको अवस्थामा मुलुकको परिस्थितिलाई हेरेर उनको भ्रमण रद्द भएको हो । तर प्रधानमन्त्री महासभामा हुने मुख्य सम्बोधन अगाडि पनि जाने सम्भावना भने कायमै छ । बुधबार बसेको बस्ने मन्त्रिपरिषद्को बैठकले यसको निर्णय गरेको हो । महासभामा कसको नेतृत्वमा भाग लिन जाने भन्ने अन्यौल भने कायमै छ । प्रधानमन्त्रीले आफैं महासभामा भाग लिन जाने इच्छा देखाएका छन् । स्रोत भन्छ,–असोज १० गते प्रधानमन्त्री नै पनि आफैं नेतृत्व लिएर महासभामा भाग लिन न्यूयोर्क जान सक्नुहुन्छ ।’

मुलुकको भित्रको परिस्थितीलाई ध्यानमा राखेर उनको भ्रमण हुने या नहुने भन्ने भइरहेको अवस्थामा दलहरुले अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्ने उपयुक्तसमय भन्दै भ्रमणको लागि सहमति जनाएका भएपनि पछि परिस्थिति झन बिग्रेकोले भ्रमण रद्द भएको अधिकारीहरुले बताएका छन् । उनले साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामा सहित एक झण्डै दुई दर्जन नेताहरुसँग छुट्टा छुट्टै संक्षिप्त भेट गर्ने तयारी भइरहेको थियो । कतिसँग भेटघाटको तिथि समेत तय भइसकेको थियो ।
संविधान जारी भएलगत्तै दुई साताका लागि अमेरिका जान लागेका प्रधानमन्त्रीले महासभाको सम्बोधनमा संविधान जारी प्रक्रिया, नेपालले पाएको ऐतिहासिक सफलता र छिमेकी तथा मित्र मुलुकको साथको प्रशंसा गर्ने तयारी थियो । उनले त्यहाँ केही असन्तुष्ट पक्षहरुलाई समेत समेटेर शान्ति र विकासमा अघि बढ्ने प्रयास भइरहेको जानकारी समेत दिने तयारी गरेका थिए । प्रधानमन्त्रीले महासभामा सम्वोधन गर्नुअघि नै सबै छिमेकी र अन्य मित्र मुलुकका नेताहरुसँग भेट गर्ने कार्यक्रम बनिरहेको अवस्थामा उनको भ्रमण रद्द भएको हो ।
संविधानसभाबाट ८५ प्रतिशत भन्दा बढि समर्थन सहित संविधान जारी गरेकोमा नेपालका सरकार प्रमुखसँग भेट्न खोज्ने मुलुकहरुको आग्रह सूची पनि लामै भएको परराष्ट्र अधिकारीले जनाए । प्रमुख तीन दलले संविधान सभाबाट भदौ भित्रै संविधान जारी गर्ने प्रक्रिया अघि बढाएको र प्रस्तावित सीमांकनको विरोधमा मधेसमा आन्दोलन चर्किइरहेकै समयमा कोइरालाको भ्रमण तालिका तय भइसकेको थियो । तर, उनको भ्रमणप्रति राष्ट्रपति डा. रामवरण यादव तथा अन्य साना दलका नेताहरु सन्तुष्ट थिएनन् । यहाँ समस्या छोडेर प्रधानमन्त्री भाग्न नहुने बताइरहेको अवस्थामा उनले भ्रमण रद्द गरेका हुन् । संविधान जारी भएपछि उनी नजाने भनिएपनि अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्न र दुईपक्षीय छलफलको उपयुक्त फोरम रहेको भन्दै सबैको सल्लाहमा उनी त्यसतर्फ जान लागेका थिए ।
उनी १८ सदस्यीय सरकारी र केही आफ्नै खर्चमा जाने नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका थिए । आन्दोलनरत दलका मागलाई सम्बोधन गर्न सरकार सधैँ प्रयासरत रहेको र लोकतान्त्रिक विधिबाट संधिवान जारी गरेको सन्देश उनले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई दिने तयारी थियो । राष्ट्रसंघका महासचिव वान की मुन र अमेरिकी राष्ट्रपतिलाई पनि पछिल्लो सफलता उनले सुनाउन पाउने भएका थिए । नेपालको परराष्ट्र नीति दुई छिमेकबाट आरम्भ हुने जानकारी बारम्वार दिँदै आएका प्रधानमन्त्री कोइरालाले भारतले संविधान स्वागत नगरेको दुखी बनेको विषय मोदीलाई राष्ट्रसंघमा पोख्ने तयारी थियो । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएको ६० वर्ष पुगेको र राष्ट्रसंघको ७० औं वर्ष गाँठ भएको अवसरमा नेपालको सन्देश प्रवाह गर्ने उपयुक्त समय रहेको सबै दलको सहमतिमा उनी त्यसतर्फ जान लागेका थिए ।
राष्ट्रसंघले सहस्राब्दी विकास लक्ष्यको कार्यक्रम बदलेर दिगो विकास लक्ष्य घोषणा गर्ने भएकाले त्यसमा प्रधानमन्त्री स्तरकै सहभागितामा राष्ट्रसंघले जोड दिँदै आएको थियो । परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले प्रधानमन्त्री स्तरको भ्रमणले धेरै विषय सम्बोधन गर्नेहुनाले महत्वपूर्ण भनिएको बताए । यसअलवा त्यहाको साइडलाइन भेटभाट पनि निकै बाक्लो हुने भएको उनले बताए । तीन दिनसम्म चल्ने राष्ट्रसंघको दिगो विकास सम्मेलनमा सहभागी, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको मिसनमा योगदान दिने मुलुकका सम्मेलन महत्वपूर्ण थिए ।

यसैबीच भारतीय राजदूत रणजित राय त्रिभुवन विमानस्थल बाट सोझै प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । रायले प्रधानमन्त्रीसँग नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिँदै र भारतको नेपालप्रतिको दृष्टिकोणबारे प्रस्ट्याउने बुझिएको छ । प्रधानमन्त्री सुशील कोइरालाको बुधबारदेखि हुने भनिएको न्यूयोर्क भ्रमण अन्यौलमा परेको छ ।
तराई मधेसमा जारी आन्दोलन र भारतको फरक व्यवहारका कारण मुलुकमा देखिएको समस्याले भ्रमण अन्यौलमा परेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । ‘तीन दलको बैठक र भारतीय राजदूतको ब्रिफिङपछि जानेरनजाने निर्णय हुन्छ,’ उनी निकट स्रोतले भन्यो,–‘भ्रमणको पूरा तयारी छ, सबै कुरा मिले अन्तिम समयमा न्यूयोर्क जानुहुन्छ ।’ प्रधानमन्त्री राष्ट्रसंघको ७० औं महासभामा भाग लिन बुधबार न्यूयोर्क जाने कार्यक्रम थियो । भ्रमणबारे छलफल गर्न प्रमुख तीन दलको बैठक बिहान बालुवाटारमा बोलाइएको छ ।
मंगलबार साँझ बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि भ्रमण रोक्न आग्रह गरेका थिए ।
मंगलबार साँझ बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि भ्रमण रोक्न आग्रह गरेका थिए ।
Post a Comment