0
गोल्डेन न्यूज संवाददाता
पद्यश्री बचत तथा ऋण सहकारी पोखरा–९ को आठौं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सहकारीका संरक्षकद्वय कपिलनाथ कोइराला र श्यामकुमार शर्माले साधारणसभाको उद्घाटन गरेका थिए। कोइरालालेसफल सहकारी हुनका लागि सदस्यहरूले आफ्नो ज्ञान, लगाब, कारोबार र लगानी आफ्नै सहकारीमा गर्नु पर्नेमा जोड दिए । संरक्षक शर्माले संस्थाका सहस्यहरूको क्रियाशीलताले स्थापना कालदेखि नै सहकारी नाफामा गएको उल्लेख गरे । साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष सावित्री शर्मा, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष उर्मिला बस्नेत र लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गणेशप्रसाद कोइरालाले प्रस्तुत गरेका थिए । सो अवसरमा शिक्षा उपसमिति संयोजक रोशन कोइराला र अतिरिक्त क्रियाकलाप संयोजक मिलन केसीले पनि बोलेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ताको रुपमा माया पराजुलीलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुजा बास्तोला  र सञ्चालन सचिव इन्दिरा कोइरालाले गरेकी थिइन् । २०६५ सालमा स्थापना भएको सो सहकारीकमा एक सय ७३ सदस्य छन् ।

Post a Comment

 
Top