0
गोल्डेन न्यूज संवाददाता
बालश्रमको प्रयोग भई रहेको इट्टा उद्योगहरुलाई बालश्रममुक्त गर्नका लागि बालश्रम न्युनिकरणको क्षेत्रमा क्रियाशिल दुई संस्था बीच आइतबार पोखरामा संस्थागत अन्तरक्रिया सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रमा लघु वित्तीय कारोवार गर्दै आएको नेष्डो नेपाल र वालश्रम न्यूनिकरणको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय सेवामुलक संस्था ग्लोवल फेयरनेश इनिसिएटिप्स, जिएफआई नेपाल विच इट्टा उद्योगमा प्रयोग भएको बालश्रम न्यूनिकरण गर्ने उद्देश्यले सो अन्तरक्रिया आयोजना गरिएको हो । अन्तरक्रियामा वोल्दै जिएमआईका राष्ट्रिय निर्देशक होमराज आचार्यले बालश्रमको जड कारण विपन्नता भएकाले बालश्रममुक्त गर्नका लागि श्रमिक बालबालिकाको परिवारमा आर्थिक सम्वृद्धिमा जोड दिनुपर्ने खाचों औंल्याए । हाम्रो हरेक क्षण सरोकार रहने इट्टा उद्योगमा बालश्रमिकको प्रयोग हुने संभावना उच्च भएकोले आफ्नो संस्थाले इट्टा उद्योगमा पहिलो ध्यान केन्द्रित गरेको उनले बताए । उनले भविष्यका दिनमा नेष्डो नेपाल जस्ता व्यवस्थित संस्था मार्फत काम गर्दा लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा जिएफआई, नेपालका स्वास्थ्य शिक्षा अधिकृत शंकर विमलीले अव्यवस्थित इट्टा भट्टाहरुलाई सुधार गरी व्यवस्थित उद्योगको रुपमा रुपान्तरण गरी श्रमिकमैत्री, वातवरणमैत्री बनाउँदै समग्रतामा बालश्रम मुक्त गर्न खोजिएको वताए । विगत १० वर्ष देखि विश्वका विभिन्न राष्ट्रमा विपन्न वर्गको आर्थिक सम्वृद्धिलाई सहयोग गर्दै आएको जिएफआईले दुई वर्षदेखि नेपालका विभिन्न जिल्लामा इट्टा उद्योगलाई बालश्रममुक्त वनाउनको लागि कार्य गर्दै आई रहेको छ । संस्थाले इट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिका हरुको श्रम प्रयोग हुन नदिने, पेशागत सुरक्षा र स्वास्थ्य, उद्योगको उत्पादन तथा उद्योगको विकास एवम् वातवरणीय प्रवद्र्धन लगायत विविध कार्यहरु एकीकृत रुपमा अगाडि बढाउने छ । कार्यक्रमले पहिलो चरणमा नेपालका २५ जिल्लामा कार्य गर्नेछ भने वित्तीय साक्षरता र वित्तीय सेवाको क्षेत्रमा नेष्डो नेपाल लगायतले सहयोग गर्ने अन्तरक्रियामा वताइएको छ ।
कार्यक्रम नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको अध्यक्षता, संस्थाका लघु वित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, प्रशासकीय अधिकृत ईन्द्र खत्री क्षेत्रीको संस्थागत प्रतिज्ञा एवम् सूचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । नेपालमा १ हजार १ सय इट्टाभट्टाहरु कानूनी रुपमा दर्ता भई सञ्चालनमा रहेको, ती भट्टाहरुमा २ लाख ५० हजार श्रमिक कार्यरत रहेकोमा ती मध्ये झण्डै ६० हजार बालबालिका कार्यरत रहेको बताइन्छ ।

Post a Comment

 
Top