0
दोश्रो नेप्लिज इन्काउण्टर पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधी अमृत कार्कीले जितेका छन् । लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा आइतबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ३–६, ६–३ र ६–४ को कठिन सेटमा पराजित गर्दै कार्किले पहिलो उपाधि जितेका हुन् । ‘म भन्दा विपक्षी खेलाडी बलिया थिए, त्यसैले मैले रक्षात्मक खेल खल्दै उनको गल्तिमा नम्बर बटुल्ने कोशिष गरें’ जितपछि कार्कीले भने । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा आयोजित प्रतियोगितामा अष्टे«लियाका माइकलले ‘स्पोर्टम्यान शिप’ तथा मिकाश गुरुङ्गले उदयमान खेलाडीको उपाधि हाँसिल गरे । प्रतियोगिताका विजेता तथा उप–विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघका संरक्षक हितमान गुरुङ्ग, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ तथा प्रतियोगिता संयोजक नारायण पहारीले नगद सहित ट्रफिले पुरस्कृत गरेका थिए । पुरस्कार वितरण गर्दै प्रमुख अतिथि गुरुङ्गले टेनिस खेल मार्फत पनि पोखरामा खेल पर्यटनको विकास गर्न सकिने बताए । प्रतियोगिता संयोजक नारायण पहारीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने आउँदा वर्षहरुमा पनि प्रतियोगिता लाई निरन्तरता दिने बताए ।

Post a Comment

 
Top