0
गोल्डेन न्यूज संवाददाता
 नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को आयोजना लायन्स क्लव अफ पोखरा भैरबको व्यवस्थापन र जापानमा कार्यरत नेपालीहरुको सहयोगमा हंसपुर गा.वि.व.वडा नं.४ मा रहेको हंसपुर प्राथमिक विद्यालयलाई ७ बण्डल जस्तापाता एक कार्यक्रमका बीच हस्तान्तरण गरियो । कार्यक्रममा विशेष अतिथि जस्तापाता डोनर पोखरा १ बगर निवासी हाल जापान टोकियोमा कार्यरत मिलन श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर विक र प्रधानाध्यापक रेवती सुवेदीलाई हस्तान्तरण गर्दै जापानमा रहेका साथीहरुबाट नेपालमा आएको विनासकारी भुकम्पमा क्षति पुगेका विद्यालयलाई केही राहतस्वरुप सहयोग गर्न आफूले खाने खाजा खर्च बचत गरी करीब ७० हजार बराबरको पहिलो चरण अन्तर्गत जस्तापाता वितरण गरेको बताउँदै भविष्यमा अन्य सहयोग गर्ने र छाना छाउन लाग्ने खर्च रु.५ हजार समेत प्रदान गरे । कार्यक्रममा मिलन श्रेष्ठ, ओयाना सान, तोरु सान, युनेडा सान लगायत जापानस्थित फ्रोना विल्लि बारमा कार्यरत व्यक्तिहरुसँग संकलन गरी गाउँमा रहेको विद्यालयलाई सहयोग गरेको उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठले बताए ।

कार्यक्रममा लायन्स क्लव अफ पोखरा भैरबका संस्थापक अध्यक्ष सुरेन्द्रमान विजुक्छे, हंसपुर उपशाखाका सभापति गंगा बहादुर गुरुङ्ग, हंसपुर विद्यालयका प्रअ रेवती सुवेदीलगायतका वक्ताहरुले आफ्नो विचार राख्दै विद्यालयको भौतिक पूर्वाधार तयार पार्न आकाशे पानी संकलन र कुर्ची टेबुलको आवश्यकता रहेकोमा पोखरा भैरबबाट कुर्ची टेबुलको व्यवस्था गर्न पहल गर्ने बताए । कार्यक्रममा पोखरा भैरबका प्रथम उपाध्यक्ष गौतम विजुक्छे, टेल टुइस्टर विनोदराज सुवेदी, खेलकुद निर्देशक ला.पुस्कर कुमार श्रेष्ठ, उपशाखा १०, ११ महिला समिति सदस्य धनमाया गुरुङ्गको उपस्थिति रहेको थियो । उक्त अवसरमा हंसपुर प्रावि व्यवस्थापन समिति अध्यक्ष हुकुम बहादुर विकले स्वागत ग रेको कार्यक्रममा नेरेसो उपशाखा १०, ११ का सभापति, लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ का कल्चर कम्युनिटी चिफ कोअर्डिनेशन ला.सम्मरबहादुर श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न उक्त राहत वितरण कार्यक्रमको संचालन उपशाखा १०, ११ का सचिव सूर्य बहादुर बानियाले गरेका थिए ।



Post a Comment

 
Top