0
गोल्डेन न्यूज संवाददाता 
लायन्स क्लव अफ पोखरा पिस सिटीको आयोजनामा चौथो अन्तर लायन्स फुुटवल प्रतियोगिता २०७२ हुने भएको छ । असोज १४ गते देखी १७ सम्म अञ्चल प्रहरी कार्यालय गण्डकी, पोखरा अन्र्तगत अञ्चल शशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा सञ्चालन हुन गैरहेको चौथो संस्करणको रुपमा अन्तर लायन्स फुटवल प्रतियोगिता–२०७२ का साथै यस बर्ष देखि अग्रज लायन्सहरुको भावानालाई कदर गर्दै क्लबले प्रथम अन्तर लायन्स भेटेरान फुटवल प्रतियोगिता–२०७२ सञ्चालन हुन गैरहेको विहिवार आयोजित अन्तक्र्रिया कार्यक्रममा जनाईएको थियो । डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सीमित रहेको प्रतियोगितामा २०६९ सालको पहिलो प्रतियोगितामा २४ टीम २०७० मा २६ टीम र २०७१ मा २६ टीमको सहभागिता रहेको प्रतियोगितामा यस बर्ष देखी लायन्स मल्टिीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्तरगतका ४ वटै डिष्ट्रिक्टका करिव ६०० लायन्स क्लवहरु मध्ये ६० भन्दा वढि क्लवहरुको प्रतियोगितामा सहभागिता रहने क्लबका अध्यक्ष टंकराज अधिकारीले बताए ।
प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगिताबाट बचेको रकम भुकम्पबाट प्रभावित क्षेत्रमा आवश्यकता अनुसारको सहयोग गर्नेका साथसाथै मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्र्तगतका सम्पूर्ण लायन्स टीमलाई पोखरामा आमन्त्रण गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याई पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरी बिश्वमा चिनाउने प्रयास गर्नु रहेको अधिकारीले जनाएका छन । प्रतियोगिता संचालनका लागि आम्दानी रु ५ लाख १५ हजार, खर्च रु ४ लाख ५ हजार र बचतमा रु १ लाख १० हजार अनुमानित गरिएको छ भने प्रतियोगितामा खुला तर्फ प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार नगद १५ हजार ५ सय ५५ रुपैया नगद, अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार सहित, मेडल र प्रमाण–पत्र रहेको छ भने भेटेरान तर्फ प्रथम पुरस्कार १० हजार ५ सय ५५ दोस्रो पुरस्कार ५ हजार ५ सय ५५ रुपैया नगद ट्रफ्री, मेडल र प्रमाण–पत्र रहेको कार्यक्रमका संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष ख्याम नारायण काफ्ले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नको लागि क्लबका निवर्तमान अध्यक्ष लायन ख्याम नारायण काफ्लेको संयोजकत्वमा २१ सदस्य बिभिन्न उप समिति, ४५ सदस्य सल्लाहाकार समिति साथै पोखरा स्थित सम्पूर्ण लायन्स क्लबका अध्यक्षहरु मुल आयोजक समितिको सदस्यमा रहका छन् । जुरी कमिटीमा लायन्स डिष्ट्रिक ३२५ बी १ नेपालका एरिया चिफ को अर्डिनेटर तीर्थलाल श्रेष्ठ, डिष्ट्रिक एड्भाईजर राम बहादुर बसेल र स्र्पोट कमिटी चेयरपर्सन रुद्र घले रहेका छन । क्लबका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न अन्र्तकृया कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनद्वय दिपक श्रेष्ठ र प्रेमबहादुर श्रेष्ठ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेम नारायण न्यौपाने, डिष्ट्रिकका स्पोर्ट म्यानेजमेन्ट कमिटि चेरपर्सन रुद्र बहादुर घलेले प्रतियोगिताको सफलताको कामना सहित शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगिताका संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष ख्याम नारायण काफ्ले, क्लबका संस्थापक अध्यक्ष सुदिपराज ढुंगाना, सचिव ई. राजेन्द्र ढकाल लगाएतले आ आफ्ना भनाई राखेका थिए भने प्रतियोगिताका मुख्य निर्णायक अर्जुन गुरुङले खेल सम्बन्धि नियमहरु प्रस्तुत गरेका थिए ।



Post a Comment

 
Top