0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ८ न्यूरोडमा रहेको नोवेल एकेडेमीले अस्पताल सञ्चालन गर्ने भएको छ । कलेजले स्वास्थ्यसँग सम्बन्धित शिक्षा प्रदान गरिरहेकाले अस्पताल खोल्ने तयारी गरेको एकेडेमीका कार्यकारी प्रमुख  विश्वेश्वर आचार्यले जानकारी दिए । ‘१ सय बेड क्षमताको अस्पताल सञ्चालनको तयारी गरिरहेका छौं,’ उनले भने,–‘अत्याधुनिक सुविधायुक्त अस्पताल सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।’ सन् २०२० भित्र अस्पताल सञ्चालन गर्ने कलेजको लक्ष्य छ । अस्पताल सञ्चालन भएपछि पोखरा वरपरका सर्वसाधरण लाभान्वित हुने आचार्यले बताए । ‘पब्लिक प्राइभेट पार्टनरशीप मोडल’मा अगाडि बढाएर नोवेल एकेडेमीलाई प्राइभेट मोडलको युनिभर्र्िसटीका रूपमा विस्तार गर्ने सोच रहेको आचार्यले जानकारी दिए ।
‘नोवेल एकेडेमीलाई पोखराको गहनाका रूपमा विकसित गर्दै हामी अगाडि बढ्छौं,’ उनले भने, ‘संविधानको मस्यौदामा प्राइभेट युनिभर्सिटी खोल्न पाउने लेखिएकाले पनि हाम्रो लक्ष्य पूरा गर्न समस्या नहुने देखिन्छ ।’ प्राविधिक शिक्षाको आवश्यकता महसूस गरी पोखरामा नोवेल एकेडेमी सञ्चालनमा आएको आचार्यले बताए । सन् २००२ डिसेम्बरबाट एकेडेमी पोखरामा सञ्चालनमा आएको हो । काठमाडौं बाहिर पहिलोपटक ए लेभलको पढाई शुरू गरेको एकेडेमीले शैक्षिक क्षेत्रमा पुर्रुयाएको योगदान महत्वपूर्ण रहेको उनको भनाई छ । ‘शिक्षा, स्वास्थ्य र पर्यटनका लागि पोखरा उर्वरभूमि नै मानिन्छ,’ उनले भने, ‘यहाँका विद्यार्थी ए लेभल पढ्नका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता थियो । उक्त बाध्यताको अन्त्य गर्न हामी सफल भयौं ।’ नोवेलको स्थापनासँगै यस क्षेत्रका विद्यार्थीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गरी उत्कृष्ट शिक्षा प्राप्त गरिरहेको उनको दावी छ । ओ लेभल पढाइबाट शुरू भएको नोवेल एकेडेमीले सन् २००३ बाट ए लेभलको पढाइ सञ्चालन गरेको हो । २००२ मा ४२ जना विद्यार्थी र १५ जना शिक्षक तथा कर्मचारीबाट सञ्चालनमा आएको नोवेलमा अहिले ६ सय विद्यार्थी र १ सय ५० जना कर्मचारी छन् । २००३ देखि २००९ सम्म ए लेभलको पढाइ सञ्चालन गरेको एकेडेमीले त्यसपछि बीएससी नर्सिङ, बी–फार्मेसी, बीबीए र एमबीएको पढाइ सञ्चालन गरेको आचार्यले जानकारी दिए । सबै तहमा गरेर यहाँबाट ३ हजारभन्दा बढी विद्यार्थी दक्ष बनेर उत्पादन भइसकेको आचार्यले जानकारी दिए । बीएससी नर्सिङ, बी–फार्मेसी र बीबीए अध्ययनका लागि अहिले फर्म खुलिरहेको आचार्यले जानकारी दिए । आर्थिक अभियान दैनिकले जनाए अनुसार फर्म भर्ने म्याद भदौ २५ गतेसम्म छ । प्रवेश परीक्षा असोज २ गते नर्सिङको र ३ गते फार्मेसीको हुन्छ । जेहेनदारलाई ८० प्रतिशत छूट र आरक्षणलाई शतप्रतिशत छूटमा पढाउने कलेजले ब्यबस्था गरेको छ । भर्ना भएका विद्यार्थीको १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

Post a Comment

 
Top