गोल्डेन न्यूज संवाददाता
आदर्श युवा क्लबको १७औं बार्षिक साधारणसभा तथा नवांै अधिवेशनबाट नवनिर्वार्चित पदाधिकारीहरुको बुधबार एक कार्यक्रमका बीच पदस्थापित गराईएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख यमबहादुर गुरुङले अध्यक्ष सहित क्लबका पदाधिकरीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । निर्वाचन समितिका संयोजक मदनप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी, उपाध्यक्ष राजेश कुमाल, सचिव खड्कबहादुर गुरुङ, सह–सचिव ईमान गुरुङ र कोषाध्क्षमा डम्बरबहादुर गुरुङ र सदस्यहरुमा हरि कार्की, किसान गुरुङ,सरोज लामा, ओमप्रसाद गुरुङ, राजन गुरुङ र लक्की पुनले आप्mनो पद तथा गोपनीयताको शपथ खाएका थिए । कार्यक्रममा निर्वाचन समितिका सदस्य ज्ञानेन्द्र भट्टराई, क्लबका निर्वतमान अध्यक्ष विशाल श्रेष्ठ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ र ङयोए तमु धि लेखनाथका अध्यक्ष जंगबहादुर गुरुङ लगायतले आ– आप्mनो धारणा राखेका थिए ।
Post a Comment