गोल्डेन न्यूज संवाददाता
भूतपूर्व सैनिक तथा प्रहरी संगठन अञ्चल समन्वय कमिटी गण्डकीको बैठकले शेरबहादुर जिसीलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष कर्णबहादुर गुरुङ स्वास्थ्यको कारणले संगठनमा सक्रिय हनु नसकेपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका उपाध्यक्ष जिसीलाई अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा भीमबहादुर क्षेत्री र सचिवमा कमल गुरुङलाई चयन गरेको छ । बैठकले गण्डकी अञ्चलका सबै जिल्लामा संगठन विस्तार गर्नका लागि जिल्ला÷ जिल्लामा बैठक गर्ने निर्णय गरेको छ । बैठकमा एमाले पोलिटव्यूरोका सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य मायानाथ अधिकारी, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय उपाध्यक्षद्वय मानबहादुर गुरुङ र लालकाजी गुरुङको उपस्थिति रहेको छ ।
Post a Comment