नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्यामा प्रत्यक्ष संलग्न रहेका र हत्यामा संलग्नहरुलाई लुकाउन सहयोग गर्नेहरुलाई कास्की प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बादलको हत्यामा प्रत्यक्ष संलग्न रहेको भनि कास्कीको लेखनाथ नगरपालिका वडा नं. १२ घर भएका २५ वर्षीय विश्वास गौतम, वडा नं. १३ तल्लो गगनगौंडाका ३० वर्षीय प्रकाश गुरुङ, वडा नं. १४ सातमुहाने घर भइ हाल लेखनाथ १३ सुकुम्वासी वस्तीमा बस्ने २० वर्षीय बले गुरुङ भनिने अशोक गुरुङ र वडा नं. १६ घर भइ हाल लेखनाथ १२ मा डेरा गरि बस्ने ३० वर्षीय राजु रानाभाट लाई सार्वजनिक गरिएको हो । बादल हत्यामा प्रत्यक्ष संलग्न रहको भनिएका अर्का अभियुक्त लेखनाथ १२ बस्ने २४ वर्षीय रविन केसी सहित अन्य केही भने फरार रहेकोले खोजी भइरहेको प्रहरील जनाएको छ । बादल हत्या प्रकरणमा संलग्न रहेकाहरुलाई भगाउन र लुकाउन सहयोग गरेको भन्दै प्रहरीले तनहुँको शुक्ला गण्डकी नपा ३, दुलेगौंडाका ३५ वर्षीय चन्द्रबहादुर थापा मगर, नवलपरासीको सुनवलका २५ वर्षीय भरत पौडेल, नवलपरासी गैडाकोटका ३४ वर्षीय मिनबहादुर घले, स्याङ्जाको बिचारीचौतारा घर भइ हाल नवलपरासी गैडाकोटमा बस्ने २३ वर्षीय रविन क्षेत्री र कपिलवस्तु घर भइ रुपन्देहीको बेलहिया बस्ने ३४ वर्षीय वीरेन्द्र कुमार रानामगरलाई पनि विभिन्न स्थानबाट पक्राउ गरि सार्वजनिक ग।ेको छ । बादल हत्या प्रकरणमा प्रहरी हिरासतमै रहेका नेपाली कांग्रेसका लेखनाथ नगरसभापति राजेन्द्रमणि लामिछानेलाई भने हत्यामा संलग्न या मतियारको सूचीमा प्रहरीले सार्वजनिक गरेको छैन । लामिछानेका बारेमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हरिबहादुर पालले जानकारी दिए । प्रहरीले बादल हत्या प्रकरणका सम्बन्धमा सार्वजनिक गरेको विज्ञप्तिमा गत साउन २७ गते बिहान विश्वास गौतमले नारायणहरि तिवारीलाई टेलिफोन गरि बेगनास तालचोकस्थित चिया पसलमा बोलाएको र त्यस समयमा कल्याणवावु भण्डारी, रविन केसी समेत छलफलमा बस्दा गौतम र तिवारीका बीचमा एक–आपसमा कुरा नकाट्ने र रिसिइवी नराख्ने सहमति भएको उल्लेख छ । छलफलमा सहमति भएपनि सोही दिन बेलुका गौतमले तिवारीलाई आफ्नो बारेमा कुरा काट्न नछाडेकोले जति सम्झाउँदा पनि नहुने भन्दै गौतमले फलामको डण्डाले तिवारीलाई कुटेका थिए । त्यसपछि पुनः साउन २८ गते कांग्रेस नेता बुद्धिमान गुरुङको घरमा बुद्धिमान सहित नारायणहरि, मनोज गुरुङ, रामजी पौडेल बादल, प्रकाश गुरुङ विश्वास गौतम, राजु रानाभाट, रविन केसी, शरण प्रधान र मेघराज पौडेल समेत छलफलमा बसेको भएपनि सहमति नभएपछि प्रकाश गुरुङले रामजी पौडेललाई मार्ने धम्की दिएर राजु, विश्वास र रविन एकैसाथ बुद्धिमानको घरबाट बाहिरिएका थिए । त्यसपछि उनीहरु ७÷८ जना जम्मा भएर गगनगौंडामा बसी रामजी पौडेल, मनोज र नारायणहरि तिवारीलाई बाटो कुरी बसेको र उनीहरु आएपछि प्रकाश र विश्वास सहितको टोलीले तिनै जनालाई अन्धाधून्दा लाठी प्रहार गर्दा मनोज गुरुङ र नारायणहरि घाइते भएको र रामजी पौडेललाई कुटपिट गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसैबीच सोही घटनामा घाइते भएका मनोज गुरुङ र नारायणहरि तिवारीले बिहीबार नै कास्की जिल्ला प्रहरी कार्यालयमा आफूलाई आक्रमण गरि घाइते बनाउने र त्यस सम्बन्धी योजना बनाउने ६ जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत कार्वाही गर्न निवेदन दिएका छन् । उनको निवेदनमा नेपाली कांग्रेसको महाधिवेशनका क्रममा लेखनाथ नगर अधिवेशन बाट सभापति बन्ने चाहना राखेका नारायणहरि तिवारीलाई अध्यक्ष बन्न नदिन राजेन्द्रमणि लामिछाने पक्षधरहरुले विवाद बढाउँदै लगेको र त्यसैक्रममा रामजी बादलको हत्या र आफूमाथि आक्रमण भएको उल्लेख छ । ‘मेरो मामा राजेन्द्रमणिसंग नगर सभापति लड्छु भनि जोरी खाज्ने तँलाई ज्यानको माया छैन ?’ भनि विश्वास गौतमले तिवारीलाई धम्की दिंदा रामजी बादलले छुट्याएको र त्यसपछि राजेन्द्रमणि सोही ठाउँमा आएर आफ्ना समर्थकलाई आफूले कार्वाही नगर्ने अभिव्यक्ति दिएको समेत गुरुङको निवेदनमा उल्लेख छ । गुरुङ र तिवारीले प्रहरीमा दिएको निवेदनमा बुद्धिमान गुरुङको घरबाट फर्किंदा आफ्नो मोटरसाइकलमा रामजी बादल बसेको र बाटोमा अँध्यारो ठाउँमा एक्कासी पहिले नारायणहरिलाई र त्यसपछि रामजी बादल र आफूलाई लाठाले प्रहार गरि वेहोस बनाएको उल्लेख गरेका छन् । आफू बेहोस हुनुपूर्व रामजी बादललाई रड र लाठाले कुट्दै बाटो तल लगेको थाहा भएपनि त्यसपछि आफूलाई वेहोस अवस्थामा प्रहरीले हस्पिटल पु¥याएकोमा भोलिपल्ट बिहान अस्पतालमै पुगेका प्रकाश खनालले समेत आफूलाई धम्की दिएको उल्लेख गरेका छन् । रामजी बादल मृत अवस्थामा भेटिएको खबर पाउने वित्तिकै त्यहाँबाट निस्किएको उल्लेख गर्दै गुरुङले आफ्नो निवेदनमा आफूहरुमाथि आक्रमण गर्ने र उक्त घटना घटाउने योजना बुन्नेमा प्रकाश खनाल र राजेन्द्रमणि लामिछाने लगायतका व्यक्ति रहेकोले उनीहरुको टेलिफोन र एसएमएस झिकाएर अनुसन्धान शुरु गर्न र उनीहरुलाई आवश्यक कानूनी कार्वाही गर्न माग गरेका छन् । यसैबीच कास्की प्रहरी प्रमुख पालले पत्रकार कमल पौडेल अथक माथि भएको प्रहरी दुव्र्यवहारलाई कमजोरी भएको स्वीकार गरेका छन् । उनले पत्रकारलाई दुःख दिने कुनै मनसाय नभएको यसअघि भएका कमि–कमजोरीलाई सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । बादल हत्याका अभियुक्तलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालय लानेक्रममाप्रहरीले पोखराको बगालेटोलमा पत्रकार पौडेलमाथि दुव्र्यवहार गरेका थिए । अभियुक्त लाई बाटैमा सहीछाप लगाउँदै गर्दाको तस्वीर पत्रकार पौडेलले खिच्न लाग्दा उनीमाथि दुव्र्यवहार भएको थियो । यसैबीच नेपाल पत्रकार महासंघ कास्कीले प्रहरीले पत्रकार पौडेलमाथि गरेको दुव्र्यवहारप्रति आपत्ति प्रकट गरेको छ । महासंघकोतर्फबाट उपाध्यक्ष राजेन्द्र अधिकारीले एक विज्ञप्ति प्रकाशित गरि आपत्ति जनाएका हुन् । यसैबीच प्रहरी हिरासतमै रहेका राजेन्द्रमणि लामिछाने बारे भने प्रहरीले केही बताएको छैन । बादल हत्याका योजनाकार रहेको भनि उनी विरुद्ध किटानी जाहेरी परेपछि उनी बादल हत्या भएको भोलिपल्ट पक्राउ परेका थिए । नेपाली कांग्रेस का लेखनाथ नगरसभापति समेत रहेका उनी करिब १५ दिनदेखि नै प्रहरी हिरासतमै दिन बिताइरहेका छन् । प्रहरी हिरासतमै अनसन बसेर नाटक मञ्चन गरेको भन्दै उनीविरुद्ध विभिन्न क्षेत्रबाट टीकाटिप्पणी समेत भइरहेको छ । कांग्रेसको लेखनाथ अधिवेशनका क्रममा उव्जिएको विवादलाई मिलाउनुको सट्टा पार्टी नेतृत्वमै बसेर मलजल गर्दा बादलको हत्या भएको आरोप समेत उनीमाथि छ भने आफूमाथि अभियोग लागि प्रहरी हिरासतमा पर्दा समेत पदबाट राजीनामा नदिंदा पदलोलुपता देखाएको भनि आलोचित भएका छन् । प्रहरी हिरासतमा उनले आफूविरुद्ध आएका समाचारप्रति टीकाटिप्पणी गर्र्दै दिन बिताइरहेका उनले आफू निकट कांग्रेस नेता तथा कार्यकर्ता र पत्रकारसंगको भेटमा उक्त समाचारप्रति आक्रोश पोख्ने गरेको समेत बताइन्छ । उनी हिरासतमा परेपछि उनलाई छुटाउन कास्की कांग्रेसका नेताहरुको लर्को लागेको समेत बताइन्छ ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» बादल हत्याकाण्डका नौ अभियुक्त सार्वजनिक, प्रत्यक्ष संलग्न चार र मतियार पाँच जना, केही अझै फरार, लामिछानेबारे मौनता
Subscribe to:
Post Comments (Atom)
Post a Comment