गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले कास्कीले राज्यबाट पछाडि पारिएका सबै क्षेत्र, वर्ग, समुदाय, जातजातिको अपनत्व हुने गरी संविधान निर्माणमा लाग्न सबै पक्षसंग आग्रह गरेको छ । ‘सबै जातजातिको अपनत्व संविधानमा मुखरित हुने गरी संविधान निर्माण गर्न जोडदार माग एमालेले गरेको छ । ‘संविधान निर्माण र संघीयताको सीमाङ्कनको सवालमा उत्पन्न विषम परिस्थिति मा पार्टी सदस्य शुभेच्छुकलाई पार्टीको आदेश विपरित कुनैपनि बाह्य गतिविधिमा नलाग्न निर्देशन गरेको छ ।’–जिल्ला कमिटीको पूर्ण वैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘पार्टीको नीति विपरित सामाजिक सद्भाव खल्बलिने खालका गतिविधिमा नलाग्न आग्रह एवं संघीय गणतन्त्र नेपालको संविधान निर्माणको अन्तिम चरणमा पुगेको बेला मुलुकभर भएका विभिन्न खालका अराजक गतिविधि प्रति दुःख व्यक्त गर्दछौं ।’ वैठकले कैलालीको टीकापुरमा प्रहरीका एसएसपीसहित अन्य सुरक्षाकर्मी र दुई वर्षका बालकको हत्याप्रति घोर निन्दा र भत्र्सना गरेको छ । एमालेका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीका अनुसार बैठकले वार्षिक कार्ययोजना र आर्थिक कार्ययोजना पारित गरेको छ । बैठकले जिल्ला कमिटीको सदस्यमा मनोनितहरुलाई सपथ ग्रहण गराउनुका साथै उनीहरुलाई जिम्मेवारी समेत दिइएको छ । जिल्ला कमिटी सदस्य कुल प्रसाद गुरुङलाई भाचोक मिजुरे, पूर्ण भद्र पोखरेललाई लेखनाथ १२, १३ र १४, दिपक घिमिरेलाई पोखरा–३, हेम कुमार श्रेष्ठलाई सराङकोट, महेश्वर पोखरेलाई धिताल र खड्क हमाललाई पोखरा २४ कृष्तिको जिम्मेवारी दिइएको प्रचार विभाग प्रमुख अधिकारीले बताए । त्यस्तै एमालेमा प्रवेश गरेका एनेकपा माओवादीका शिव बहादुर बराल र नेकपा–माओवादीबाट एमाले प्रवेश गरेका सूर्य बहादुर खड्कालाई जिल्ला कमिटि सदस्यमा मनोनित गर्ने निर्णय ग¥यो । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको वैठकमा पोलिटव्यूरोका वैकल्पिक सदस्य जगत विश्वकर्मा, केन्दं्रीय कमिटीका सदस्य मायानाथ अधिकारी, वैकल्पिक सदस्य मान बहादुर जिसी, अनुशासन आयोगका सदस्य मित्र कुमारी गुरुङ सुवेदी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । यसैगरी प्रेस चौतारी नेपाल कास्कीले भदौ १५ गते गर्न लागेको भाग्यले बाँचेकाहरु डकुमेन्ट्री प्रदर्शन कार्यक्रमलाई सबै पार्टी पंक्तिलाई सहयोग गर्न बैदकद्वारा आग्रह गरिएको छ । पार्टी विधान र नियमावली अनुसार निर्वाचन कमिटी र लेखा कमिटीको गठन गर्न सचिवालयलाई जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख अधिकारीले जानकारी दिए ।
Post a Comment