गोल्डेन न्यूज संवाददाता
कास्कीको पुरुन्चौरमा रहेको भारती भवन उच्च माविले यस वर्ष देखि विज्ञान सङ्काय सञ्चालन ल्याउने भएको छ । आगामी वर्ष देखि कृषि क्याम्प्स सन्चालन गर्ने लक्ष्यका साथ यस वर्षबाट प्लस टुमा विज्ञान संकाय संचालन गर्न लागेको विद्यालयले पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एसएलसीमा सामुदायिक विद्यालयतर्फ कास्कीमा राम्रो नजिता ल्याउने विद्यालयमा पर्ने दावी गर्दै विज्ञान संकायमा सत प्रतिशत नतिजा निकाल्ने प्रधानध्यापक दिपक पौडेलले जानकारी दिए । यस वर्ष एसएलसीमा ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको भन्दै पौडेलले विज्ञान संकायका लागि अहिलेसम्म २० जना भर्ना भएको र अझै भर्ना हुने बताए । विज्ञान संकायमा कास्की मै सबै भन्दा सस्तो शुल्कमा पढाउने उनको दावी थियो ।
उनले निकट भविष्यमा सञ्चालन हुन लागेको पश्चिमाञ्चल भारती भवन कृषि क्याम्पसका पूर्वाधारहरु तयारी भइरहेको भन्दै विज्ञान संकायमा पास गरेका विद्यार्थीलाई कृषि सम्बन्धी पढ्न इच्छुक विद्यार्थीलाई अवसर हुने बताए । कृषि क्याम्पसका लागी आवश्यक पर्ने करिब ४० रोपनी जग्गा मध्ये २५ रोपनी विद्यालयको नामा आइसेकेको र अन्य १५ रोपनी आउने प्रक्रियामा रहेको भारती भवन उच्चमावि व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर अधिकारीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा हेम प्रसाद गौतमले विद्यालयमा ४३ वटा कक्षा कोठा रहेको बताउँदै विद्यार्थीलाई आवश्यक परेमा आवासीय रुपमा पढाउन सकिने जानकारी दिए ।
उनले अहिले प्लस टुमा व्यवस्थापन र शिक्षा संकायमा १ सय २० जना अध्यनरत रहेको जानकारी दिए । विद्यालयमा पोखरा, लामाचौर, हेम्जा, लाहाचोक, घाचोक, अर्मला, सार्दीखोला, लगाएतका ठाँउका विद्यार्थीलाई प्लस टुमा अध्ययनका लागि सजिलो हुने पौडेलले बताए । उच्चमाबीमा विद्याथीहरुले २४ हजार रुपैयाँ कक्षा ११ मा एक वर्षका लागी विज्ञान संकाय पढन सक्ने प्रअ पौडेलको दावी छ ।

Post a Comment