0
गोल्डेन न्यूज संवाददाता
अभियान महिला समूह, पोखरा–१ को आयोजनामा पोखरामा तीन दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम शुरु भएको छ ।
तालिममा पोखरा–१ मा रहेका विभिन्न आमा समूहका ३५ जना महिलाहरुको सहभागिता रहेको छ । एक वर्षअघि स्थापित सो समूहले आफ्नो क्षेत्रमा रहेका महिला दिदी बहिनीहरुलाई निर्धक्क तरिकाले बोल्नमा सघाँउ पु¥याउन र क्षमता अभिवृद्धिका लागि सो तालिमको आयोजना गरेको जनाएको छ । तालिमको उद्घाटन गर्दै वडा नं. १ का वडा सचिव मञ्जुबहादुर बस्नेतले तालिमले नेतृत्व विकासमा सहयोग पु¥याउने उल्लेख गर्दै वडा कार्यालयले क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएको बताए । महिला समन्वय समिति वडा नं. १ का अध्यक्ष सीता गुरुङले महिलाहरु सक्षम हुन सबै व्यवस्थापन सहि ढङ्गबाट गर्नुपर्ने बताए । सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष जीवन अधिकारी र मनकामना महिला सहकारी संस्थाका अध्यक्ष सीता अधिकारीले परिवारमा महिलालाई सहयोग गरे सफल हुने बताए । कार्यक्रममा टोल विकास समन्वय संस्थाका अध्यक्ष ईश्वरीलाल श्रेष्ठ, अभियान महिला समूहका सल्लाहकार  माधवप्रसाद पराजुली, काङ्ग्रेस प्रतिनिधि टंकनाथ पौडेल, प्रशिक्षक राजन उपाध्याय लगायतले तालिममा सिकेका कुरालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । तालिमको सहजिकरण पत्रकार राजन उपाध्याय र विमला भण्डारीले गरेका थिए । अभियान महिला समूहकी अध्यक्ष धनकुमारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा भण्डारी, कार्यक्रम संयोजक नारायणी बाँनिया, सचिव सारदा पराजुली, सदस्य शावित्री अधिकारी लगायतले बोलेका थिए । पोखरा उपमहानग रपालिका र पोखरा उपमहानगर पालिका वडा नं. १ को सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो ।

Post a Comment

 
Top