गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकामा रहेको पचभैयाको जंगलमा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय चिडियाखानाको श्रावणको दोश्रो हप्ता शिलान्यास हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय चिडियाखानाा निर्माण समितिको बिहीबार बसेको बैठकले आगामी श्रावणको १५ गते बृहत कार्यक्रमको आयोजना गरी पोखरामानै पहिलो पटक निर्माण हुन लागेको चिडियाखानाको शिलान्यास गर्ने निर्णय गरेको समितिका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।
लेखनाथ नगरपालिका ११, १२ र १४ नम्बर वडामा पर्ने पचभैया सामुदायिक बन उपभोक्ता समूह, चैनपुर सामुदायिक वन उपभोक्ता समूह र चायापानी सामुदायिक बन उपभोक्ता समूह अन्तर्गत पर्ने २ सय ३५ हेक्टर जमिनमध्ये वन उपभोक्ता समूहले १ सय ५० हेक्टर जंगल पूर्णरुपमा चिडियाखानाका लागि वन उपभोक्ता समितिले प्रदान गर्ने भएपछि उक्त एरिया छुट्याएर चिडियाखाना निर्माण शुरु गर्न लागिएको समेत अध्यक्ष बख्रेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
रुपाताल संगै जोडिएको सामुदायिक बनहरुमा चितुवा, मृग, अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङ्गी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका जनस्पतिहरुका साथै सीता गुफा समेत रहेको छ । समग्र पोखराको बृहत्तर बिकास योजना अन्तर्गत गठित विभिन्न समिति मध्येको चिडियाखाना निर्माण समितिले चिडियाखाना शिलान्यासलाई मध्येनजर गर्दै सिलान्यास समारोहको समिति समेत गठन गरेको छ । उक्त समितिको संयोजकमा हिमालय बख्रेल रहेका छनभने प्रचार प्रसारमा शुकवहादुर गुरुङ, संघ सस्था समन्वय दिनानाथ ढकाल, पूर्वाधार विकास मोहन बहादुर घिमिरे, अतिथि सत्कारमा बिन्दु परियार, सांस्कृतिक कार्यक्रम लोकबहादुर थापा, स्वयंसेवक परिचालक सरन थापा, अतिथी ब्यवस्थापनमा विष्णु पौडेल, खानाखाजामा अग्निदत्त रिमाल, अनुगमन तथा निरीक्षण विष्णु प्रसाद पोख्रेल, अर्थ तथा मञ्च ब्यवस्थापनमा दामोदर भक्त थापा रहेका छन् ।

Post a Comment