पोखराको पार्दी स्थित फिस्टेल एकेडेमी उ.मा.वि.मा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा प्रहरी नागरिक हातेमालो शान्तिदूत कार्यक्रम अन्र्तगत स्कुल सम्पर्क प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरि पालले गरेका थिए । सो अवसरमा उनले विद्यार्थीहरुमा सचेतना बृद्धि तथा अपराध न्यूनिकरणका लागि कास्कीमा पहिलो पटक फिस्टेल एकेडेमीबाट प्रशिक्षण शुरु गरिएको वताए । विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा प्रहरी सहायक निरीक्षक टंक पौडेल, सो विद्यालयका अतिरिक्त कृयाकला विभाग प्रमुख रामजी लम्साल लगायतले बोलेका थिए । शान्तिदूत प्रशिक्षक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्वय संजिव श्रेष्ठ र दिपिका गुरुडले ट्राफिक सचेतना, आगूऔषधका कारण बच्ने उपायहरु, मानव बेचविखचन र अपराध न्यूनिकरण विषयमा प्रशिक्षण दिएका थिए । सो विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत करिब १४० जना विद्यार्थीहरुको प्रशिक्षणमा सहभागिता रहेको उच्च मा.वि. संयोजक रामबन्धु पोखरेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्ष
» फिस्टेलमा प्रहरी नागरिक हातेमालो शान्तिदूत कार्यक्रम
Subscribe to:
Post Comments (Atom)
Post a Comment