0
पोखरा उप–महानगरपालिका वडा नम्बर ६ बैदामका महिलाहरुका लागि शुक्रबारदेखि प्रस्तावना लेखन प्रशिक्षण सुरु भएको छ । वडा महिला समन्वय समिति वडा नं. ६ बैदामको आयोजना तथा पोखरा उप–महानगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो । तालिमको उप–महानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेलले उद्घाटन गरेका थिए । वडा महिला समन्वय समिति वडा नम्बर ६ बैदामकी अध्यक्ष लक्ष्मी खातीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक एवं विशेष अतिथि दुर्गा न्यौपाने, ताल बाराही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलबहादुर कुँवर, नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ, टोल सुधार समितिका अध्यक्ष गिरिराज अधिकारी लगायतले बोलेका थिए ।

Post a Comment

 
Top