0
गोल्डेन न्यूज संवाददाता
नेष्डो नेपालद्वारा संस्थामा कार्यरत कर्मचारीहरुको लागि आयोजित लेखा व्यवस्थापन तथा कर्मचारी अन्तरक्रिया कार्यक्रम शुक्रबारदेखि पोखरामा शुरु भएको छ । लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई सामाना गर्दै गुणस्तरीय सेवाका साथ चुस्त, दुरुस्त र पारदर्शी लेखा व्यवस्थापन गर्न र कर्मचारीको क्षमता वृद्धि गर्न कार्यक्तम आयोजना गरिएको हो । कार्यक्रममा  संस्थाका २० वटा शाखा कार्यालयमा कार्यरत केन्द्र प्रवन्धक एवं प्रधान कार्यालयका १२ कर्मचारी सहभागी छन् । तालिम उद्घादन गर्दै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले व्यवहारिक अभ्यासमा दक्ष कर्मचारीलाई वित्तीय व्यवस्थापन र लेखापालनको सैद्धान्तिक ज्ञान अभिवृद्धि गर्नुका साथै बढ्दो प्रतिस्पर्धाको सामना गर्न कर्मचारीहरुको प्राविधिक क्षमता एवम् दक्षता विकास गर्न खोजिएको बताए । लघु वित्तमा हजारौं सदस्यको सानो सानो आर्थिक कारोवार हुने हुँदा लेखा व्यवस्थापक अत्यन्त संवेदनशिल हुनुपर्नेमा जोड दिंदै उनले आर्थिक व्यवस्थापनमा संस्थाको पहिलो प्राथमिकतामा रहेकोमा स्पष्ट पारे । संस्थाकी मानव संशाधन विभाग प्रमुख लक्ष्मी कुमारी मेघासीको अध्यक्षतामा सम्पन्न कार्यक्तममा अधिकृत ईश्वरी प्रसाद शर्माले स्वागत, प्रशासकीय अधिकृत इन्द्र खत्री क्षेत्रीले प्रतिज्ञा र सूचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीले कार्यक्रम संचालन गरेकी थिइन । कार्यक्रम २० गतेसम्म चल्नेछ ।

Post a Comment

 
Top