0
एक वर्ष भित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिवद्धता सहित सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एक वर्षभित्रमा संविधान जारी गर्ने, पुनर्निर्माण तथा नीतिगत सुधारलाई समेत कार्यक्रममा प्राथमिकता दिएइको छ । व्यवस्थापिका संसदको कार्यतालिकाअनुसार सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । बुधबार दिउँसो सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत गरेका हुन् । राष्ट्र प्रमुखले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसलाई मुख्य आधार बनाएर बजेट ल्याउने प्रचलन छ। यसै महिनाको अन्त्यमा बजेट सार्वजनिक गरिंदैछ । नीति तथा कार्यक्रमको मुख्य एजेन्डा नै पुनर्निर्माण र स्थानीय निकाय निर्वाचनमा केन्द्रित छ । सरकारले गत वर्षको नीति तथा कार्यक्रममा पनि स्थानीय निकायको निर्वाचनको घोषणा गरेको थियो। तर दलहरूबीचको विवादका कारण निर्वाचन भने हुन सकेको थिएन ।

Post a Comment

 
Top