गोल्डेन न्यूज संवाददाता
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा सत्कर्म तथा खुशीको निरन्तर श्रृंखलाको रुपमा अन्तर्राष्ट्रियस्तरमा सञ्चालित विश्वव्यापी महाअभियान “सात अरब सत्कर्म” कार्यक्रम मगंलबार सेंट मेरीज विद्ययालयका १२ कक्षाका विज्ञान एवं म्यानेजमेन्ट संकायका विद्यार्थीहरुको सहभागिता बीच सम्पन्न भयो । देश र समाजका भावी कर्णधार मानिने विशेष गरी विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा विभिन्न वि.डि.ओ. क्लिप्स, स्लाइड्श शो अनि दृष्टान्तहरुको माध्यमद्वारा देश र समाजको विकासका लागि विद्यार्थीहरुलाई सत्कर्मतिर अभिप्रेरित गरिएको थियो । कार्यक्रममा आर्किटेक्ट ईञ्जिनियर ब्रह्माकुमारी बिन्नीले महाअभियानको आवश्यकता, पृष्ठभूमि एवं महत्वबारे प्रकाश पारेकी थिइन् । उनले हरेक व्यक्तिको भाग्यसँग उसको पूर्वजनित कर्म जोडिएको हुनाले जीवनमा खुशी एवं शान्ति प्राप्त गर्नका लागि हरेकले सदैव सत्कर्म गर्नुपर्ने बताइन । कार्यक्रमका मुख्य विषयमा प्रशिक्षण दिंदै राजयोग प्रशिक्षिका ब्रह्माकुमारी रमाले निस्वार्थ भावबाट आफ्नो जिम्मेवारीभन्दा माथि उठेर अरुको खुशीको निम्ति गरिने कर्म सत्कर्म भएको र स्वयंप्रति, अन्यप्रति र संसारप्रति गरिने एक एक सत्कर्मले जीवनमा आउने हरेक परिस्थिति, विघ्न बाधाहरुमा अगाडि बढ्नका लागि उत्साह बढाउँदै समाधान र सफलता प्राप्तिका लागि थप बल र प्रेरणा प्रदान गर्ने भएकाले यो अभियान संसारका हरेक व्यक्तिहरुका लागि उपयुक्त र अनुकूल भएको बताइन । सो कार्यक्रममा उपस्थित सबैलाई सत्कर्मको लागि मेरो योगदान विषयक फारम भरी दैनिक निरन्तर सत्कर्म गर्नका लागि प्रतिज्ञा गराइएको थियो । कार्यक्रम पश्चात् प्रतिक्रियात्म क अनुभव सुनाउँदै स्कुलकी प्रिन्सिपल सिस्टर मारग्यारेट म्यारी सिजेले कार्यक्रमबाट बिद्यार्थिहरु निकै लाभान्वित भएको अभिव्यक्ति दिइन् । विद्यार्थिहरुलाई सत्कर्मका लागि सहजिकरण गर्दै अगाडि उनले बताईन् समुद्रमा देखिने रीपल्स जस्तै हामीले जीवनमा साना सत्कर्मबाट सुरु गर्न सक्छौं जस्तै सहयोग, क्षमा, स्विकारभाव जसले विश्वस्तरमै अन्तत्वोगत्वा ठूलो प्रभाव पार्न सक्छ । विशेष गरी सन् २००१ मा अमेरिकाका ट्वीन टावर ध्वस्त हुनुको केबल पाँच मिनेट अगाडि मात्र सो भवनको ६४ औं तल्लाबाट बाहिर आउन सफल भएर अन्य सयौंलाई बचाउन सफल भएका ई.रामप्रकाश सिंघलद्वारा सन् २००९ मा अमेरिकाबाट शुरुवात भएको महाअभियान अन्तर्गतका कार्यक्रमहरु हाल नेपाल लगायत विश्वका करिब एक दर्जन मुलुकहरुमा सञ्चालित भइरहेका छन् ।
Post a Comment