गोल्डेन न्यूज संवाददाता
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल), गिरी कम्प्लेक्स, न्यूरोड, पोखराले हालै नेपालमै पहिलो पटक फोक्सोमा क्यान्सर भए÷नभएको पत्ता लगाउने रक्त परीक्षण (साइफ्रा २१.१) सुरु गरेको छ । क्षयरोगी, दम, खोकीजस्ता समस्यामा पीडित बिरामीलाई यो परीक्षण आवश्यक मानिन्छ । हाल भारत पठाउँदा करिब पाँच हजार खर्च हुने यो परीक्षण युआरएलले एक हजार पाँच सय रुपैयाँयमा गर्ने ल्याब इन्चार्ज भुपेन्द्रराज पाण्डेले जानकारी दिए । करिब डेड वर्षअगाडि विश्वकै उत्कृष्ट रोच कम्पनीको कोबास इ४११ मेसिन सहित सेवा सुरु गरेको युआरएलले विभिन्न क्यान्सर मार्कर, ह्दयघात हुने सम्भावना सम्बन्धी परीक्षण (एन्टीप्रोबिएनपी) लगायतका परीक्षण गरिरहेको र विभिन्न परीक्षण थप्दै जाने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैबीच, आगामी शनिबार युआरएलले नयाँबजार ल्याम्ह पुचः, नयाँबजार सांस्कृतिक समिति, नेवा मिसा पुचः नयाँबजारलगायतका संस्थासँगको सहकार्यमा निःशुल्क मधुमेह परीक्षण तथा सचेतना कार्यक्रम गर्दै छ । यो युआरएलले हरेक महिना एक निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । शिविरमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ तीर्थलाल उपाध्यायले मधुमेह लाग्नुका कारण र लागेपछि अपनाउनु पर्ने सावधानीका उपायहरूमाथि प्रकाश पार्ने छन् । शिविरमा सहभागीको खानाअघि र खानापछि निःशुल्क मधुमेह परीक्षण गरिनेछ भने अन्य सबै रोगसम्बन्धीको रक्त परीक्षणमा पनि शिविरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
Post a Comment