गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले संविधानको प्रारम्भिक मस्यौदा मै विरोध गरेर मस्यौदाको प्रति च्यात्नु गलत भएको बताएका छन् । पोखरामा नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रिजालले संविधानको मस्यौदा राय सुझावका लागि जनतामा जान्छ र पार्टीको पनि सुझाव लिएर मात्रै नयाँ संविधान जारी हुने भएकाले प्रारम्भिक मस्यौदाको विरोध गर्नु र च्यात्नुमा कुनै तुक नभएको टिप्पणी गरे ।अहिले पहिलो पटक संविधानको एकिकृत दस्ताबेज पाएको छ । यसलाई टेकेर ठिक वा बेठिक भन्ने र जनताको मत बुझेपछि परिमार्जन गर्नुपर्ने अवस्थामा केहि असन्तुष्ट सभाषदको कृयाकलाप उपयुक्त देखिएन । मन्त्री रिजालले भने “अब असन्तुष्ट सभाषदको मतलाई समेत बुझेर कसैको विरोध नआउने गरि संविधान बनाउन पर्छ ”। नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री रिजालले नयाँ संविधान जारी गर्न बहुमतले मात्रै नपुग्ने र दुई तिहाइ सभासद्को खाँचो पर्ने र सबै राजनीतिक दलका सभासद्को सहयोगबाटै संविधान बन्ने भएकाले यसलाई सहयोग गर्न सबैसँग आग्रह गरे । सत्ता लम्बाउने खेलमा नेपाली काँग्रेस नरहेको बताउँदै सञ्चारमन्त्री डा रिजालले संविधानसभाबाट नयाँ संविधान बनाउने काँग्रेसको अभिलाषा ६६ वर्षपछि पूरा हुन लागेकाले पार्टीको महाधिवेशन अगाडि नै नयाँ संविधान जारी हुने र सत्ता छोडिने जानकारी गराए । यसै सन्दर्भमा उनले भने नेपाली कांग्रेसमा सदस्यताको बारेमा छानविन गर्न समिति बनेको छ । त्यो समितिले मदभेदहरु मिलाउने छ त्यसैले सदस्यतामा बिवाद छ भन्नुपर्ने आवश्यकता छैन ।उनले पार्टिको महाधिवेशनका नाममा शत्ता लम्ब्याउने मनसाय प्रधानमन्त्री शुशिल कोईरालाको नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेसले यथासिघ्र संविधान निर्माण गरेर सरकारबाट बाहिरिने सोच बनाएको बताए । मुलुकमा संविधानको प्रस्तावित मस्यौदा सार्वजनिक भई रहेको बेला नेपाल पत्रकार महासंघले संविधानमा राख्नु पर्ने प्रेस र अभिव्यक्ति स्वतन्त्रताका बारेमा कुनै शुझाव नदिएको भन्दै संचार मन्त्री रिजालले गुनासो गरे । उनले नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको कार्यक्रममा समेत पत्रकार महासंघले विरोधका लागि विरोध गर्नु भन्दा सहकार्य गर्नुपर्ने खाचो औल्याउदै मुलुकमा उपयुक्त संचार निती निर्माण गर्ने र आम संचार प्रशिक्षण प्रतिस्ठान स्थापना गर्नै कुरामा पत्रकार महासंघले राम्रो भुमिका निर्वाह नगरेको बताए । पत्रकार महासंघले कि त सरकारसँग सहकार्य गर्ने गरि आउनुप¥यो कि त आफु एक्लैले गर्न सक्नुप¥यो । मन्त्री रिजालले सहकार्य गर्न पनि नचाहने र आफुले पनि केही नगर्ने प्रबृति त्याग्न महासंघका जिम्मेवार पदाधिकारीलाई सुझाव दिए । आफुले पहिलो पटक पत्रकार महासंघका बारेमा असन्तुष्टी प्रकट गर्न बाध्य भएको स्पष्ट पार्दै उनले अब महासंघले साना लगानीका संचार माध्यम वा ठुला लगानीका संचार माध्यम साथै पत्रकारहरु मध्ये कसलाई प्राथमिकतामा राखेर काम गर्नै हो त्यो स्पष्ट हुन जरुरी छ । सो कार्यक्रम युनियनका सभापति शिरोमणि बरालको सभापतित्वमा भएको थियो भने युनिनका उपाध्यक्ष माधव रेग्मी र सचिव प्राकाश चन्द्र सापकोटा लगायतले आ—आफ्नो भनाई राखेका थिए ।
Post a Comment