0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकाको अगुबाई र गुणस्तर तथा नापतौल कार्यालय पोखराको सहयोग एंबम बिभिन्न सघ सस्थाहरुको सहभागीतामा लेखनाथका विभिन्न वडामा मासु तथा खाद्यान्न पसलको अनुगमन गरिएको छ ।जनताको स्वास्थ्यमा प्रतक्ष्य अपर पु¥याउने मासु तथा खाद्यय सामाग्रीका पसलहरुले दर्ता नगर्ने,मुल्य सूची नराख्ने,सरसफाईमा ध्यान नदिने,समय गुज्रीयका सामानहरु राख्ने र एकै ठाउमा मासु तरकारी,मल,कपडा तथा फलफुलहरु राख्ने गरेको पाईएकाले त्यस्ता पसलहरुलाई पहिलो चरणमा सुझाब सहित कारबाहीलाई अगाडी वढाउने टोलीको निश्कर्ष रहेकोटोलीले सुक्रबारदेखि अगाडि बढाएको अनुगमनकोक्रममालेखनाथकोमोहोरिया,नहरचोक, वेगनास ताल,जनचौतरा सातमुहाने,खोलाको छ्ेउ र लेखनाथ नगरपालिका बडा न १७को कालीकास्थानमा बरपर रहेका मासु तथा माछा  पसल,खाद्यय सामग्री,तरकारी तथा फलफुल पसलको अनुगमन गरि आधारभुत आवस्यकता पुरा गरि ब्यवसाय संचालन गर्नका लागि आवस्यक सुझाब दिएको छ । निरिक्षणको क्रममा कमजोरी देखिएका पसलेहरुले तोकेको समयाबधि भित्र सुधार नगरि पसल संचालन गरेको पाईएमा राज्यले तोकेको दर्ता खारेजी,जरिबाना तथा पसल नै बन्दा गराउन समेत सक्ने भएको छ ।टोलीका लेखनाथ नगरपालिकाको तर्फबाट प्रशासन साखाकी सावित्रा पौडेल,ईन्जिनियर रबिचन्द्र घिमीरे,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,उपभोक्ता मञ्च कास्कीका सचिब मिलन प्रसाद तिवारी, गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्राविधिक रघुनाथ पौडेल,पशु चिकित्सक हुमराज तिमिल्सिना,पशु सेवा कार्यालय कास्कीका मासु सुपरिबेक्षक डाक्टर गणेस केसी,पत्रकार भीमपाणी वराल र राजनितीक दलका प्रतिनिधी लगाएतको सहभागीता रहेको थियो ।

Post a Comment

 
Top