निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा उद्यमी पशुपति मुरारका निर्विरोध चयन हुने सुनिश्चित भएको छ । अध्यक्षका प्रतिद्वन्द्वीद्वय भाष्करराज राजकर्णिकार र भवानी राणाले मनोनय फिर्ता लिएपछि आगामी २१ महिनाका लागि उहाँ अध्यक्ष बन्ने पक्का भएको हो । अध्यक्षका लागि प्रत्यासी राजकर्णिकारले हिजो र राणाले आज पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो आगामी शुक्रबार हुने विशेष साधारणसभाले उहाँलाई सर्वसम्मत अध्यक्ष भएको औपचारिक घोषणा गर्ने छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष रहेकी राणाले अध्यक्ष प्रदीपजङ्ग पाण्डे भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि कार्यवाहक अध्यक्षका रूपमा कार्यसम्पादन गरिरहेकी छन् । यस पटक मुरारकालाई र्निविरोध बनाए पछि अर्को पटक अध्यक्षको दौडमा राणा अग्रस्थानमा रहने अनुमान धेरै उद्योगी व्यवायीको रहेको छ महासङ्घमा ९३ जिल्ला नगर उद्योग वाणिज्य सङ्घ र ९६ वस्तुगत सङ्घ छन् । त्यस्तै ६३५ एसोसिएट र २० अन्तर्राष्टिूय सङ्घ छन् ।
Home
»
उद्योग-ब्यापार
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» नेपाल उद्योग वाणिज्य महासंघमा मुरारका र्निविरोध बन्दै
Subscribe to:
Post Comments (Atom)
Post a Comment