0
अङ्ग्रेजी शिक्षकहरुको पेशागत संगठन नेल्टा कास्की शाखामा वर्तमान परिप्रेक्ष्यमा अङ्ग्रेजी शिक्षण विधि विषयक कार्यशाला गोष्ठी विन्ध्यवासिनी उच्च मा.वि. स्थित नेल्टा कास्कीको कार्यालयमा सम्पन्न भयो । उक्त कार्यक्रममा कास्की जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालय अन्तर्गत प्राथमिक तहमा अध्यापनरत अङ्ग्रेजी शिक्षकहरुलाई नेपालका लागि अमेरिकी राजदुतावासको आर्थिक सहयोगमा नेल्टाद्धारा प्रकाशित तथा उत्पादित श्रव्य सामग्री तथा निर्देशिका (म्यानुअल) वितरण गरियो ।  उक्त कार्यक्रमका प्रमुख अतिथि नेल्टाका  केन्द्रीय पूर्व अध्यक्ष प्राध्यापक डा. गोविन्दराज भट्टराईले वर्तमान सन्दर्भमा आफ्नै पहिचान झल्कने र पूर्वीय सभ्यतामा आधारित साँचो अर्थमा शिक्षाको आवश्यकता भएको सन्दर्भ औँल्याउँदै शिक्षामा सुद्धीकरणको अपरिहार्यता भएको बताउनु भयो । साथै विशेष अतिथि नेल्टाका पूर्व कोषाध्यक्ष डा. अञ्जना भट्टराईले अङ्ग्रेजी शिक्षणका विगतदेखि वर्तमान सम्मका विधि तथा प्रवृतिहरु माथि चर्चा गर्नुभयो । यसका साथै नेल्टा कास्कीका सचिव नवराज न्यौपानेले शिक्षण निर्देशिका र श्रव्य सामग्री प्रयोग गर्ने तरिका बारेमा सहजीकरण गर्नु भएको थियो ।   उक्त कार्यक्रममा विन्धेवासिनी उच्च मा.वि. का प्राचार्य वसन्तराज पाण्डे, नेल्टा कास्कीका सल्लाहकार मिनबहादुर गुरुङ, सहभागी नारायण प्रसाद सापकोटा र शर्मिला क्षेत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो भने उपसभापति मिनु श्रेष्ठ कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । नेल्टा कास्कीका अध्यक्ष पितृराज बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम संस्थाका सदस्य सचिव पिताम्वर पौडेलले सञ्चालन गर्नु भएको थियो ।

Post a Comment

 
Top